शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

प्रधानसेनापति थापा र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

दैनिक नेपाल २०७५ भदौ २९ गते १७:२६


काठमाडौँ, २९ भदौ । चिनियाँ राजदूत यू होङले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छन् ।

राजदूत होङले नेपाली सेनाको जंगी अड्डामा भद्रकाली पुगेर प्रधानसेतापति थापासँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा राजदूत होङले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको छ ।

नेपाली र चिनिया सेनाले असोज पहिलो हप्ता संयुक्त सैन्य अभ्यास गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित