शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

दैनिक नेपाल २०७५ भदौ २७ गते १०:३८

भरत प्रधान

ब्रसेल्स । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा बेल्जियमको राजधानी ब्रसेल्समा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो । सो अवसरम भेला भएका दिदीबहिनीहरूले सामुहिक दर खानुका साथै एक आपसमा तीजको शुभकामना आदानप्रदान गरेका थिए ।

नेपाली राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रम नेपालबाट आएका कलाकारद्वय गायिका शीतल पाण्डे र चर्चित मोडल अञ्जली अधिकारीले आ–आफ्नो सांगीतिक प्रस्तुति मार्फत् सहभागीहरूलाई छमछमी नचाएका थिए ।

अर्जुन घिमिरेको अध्यक्षता तथा नेपाली राजदूतावास बेल्जियमका द्वितीय सचिब भोजराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा एनआरएन बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थी, नेपाल ब्रसेल्स आमा समूहकी अध्यक्ष देवी गौतम, केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम लगायतले बोल्दै प्रवासमा हुने यस्ता खालका सांस्कृतिक गतिबिधीले नेपाली लोक संस्कृतिको संरक्षण र प्रबर्द्धनमा टेवा पुग्ने बताए ।

कार्यक्रम केन्द्रका उपाध्यक्ष सरस्वती सुबेदीको स्वागत तथा केन्द्रका महासचिव श्रृजना कार्की थापाको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रका बालकलाकारहरुको प्रस्तुतिले सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित