शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

नेपाली अर्बपति युवा करणकुमार चौधरीले देखेका दुःख र सपना

दैनिक नेपाल २०७५ भदौ २० गते १०:५२

काठमाडौं, २० भदौ । उनको शालिनताले झल्काउँछ व्यावसायीक ‘रेस’को गति । सक्रियताले प्रस्ट बनाउँछ अबका केही दशकपछि चौधरी ग्रुपका अर्बपतिहरूको सूचीमा उत्रिनसक्ने तेस्रो पुस्ताको नाम । करण चौधरी, चौधरीहरूको तेस्रो पुस्ताका व्यावसायीक ‘वायुपंखी घोडा’ हुन् ।

उनको च्याम्बरमा देखिएका घोडाका प्रतिकहरू, अवार्डका लहरले प्रस्ट्याउँछ बाबु अरुण चौधरी भन्दा उनी घोडामा बढि सौख राख्छन् । उनका टेबुलका चारैतिर विभिन्न रङ्गले लेख्ने कलमहरू छन् ।

साहित्यकारको जस्तो कलमी सौख पाल्ने उनी साहित्य भने फिटिक्कै जान्दैनन्, मगजमा २४ सै घन्टा व्यापार घुमिरहन्छ । त्यसैले त कुराकानीको सुरुआतमा उनले भनिहाले– मेरो शरिर घर पुगे पनि दिमाग कार्यालयमा हुन्छ, मतिष्कमा व्यापार नै चलिरहेको हुन्छ ।

‘यति धेरै कलमहरू छन् माईलो ठूलो बुवा बसन्त चौधरी जस्तै साहित्यमा रूची राख्नुहुन्छ ?’

कलमबारे उनको फरक सौख रहेछ । भन्छन्,‘मलाई विभिन्न रङ्गका कलमले कोर्ने रहर छ । धेरे पढेको त छैन तर जहाँ कलमहरू देख्छु उठाएर राख्न मन लाग्छ । त्यसकारण कलमहरू छन् यहाँ ।’

तर व्यापारी भएपछि चाहीँ अलिक कठोर नै हुनुपर्छ भन्ने मान्यतामा हुर्किए उनी । अनुशासनमा हुर्किएका कारण कामलाई बढि महत्व दिने करण थन्छन्,‘कामलाई गति दिन मन लाग्छ । बीचको कुरा गर्न आउँदैन । सायद यहि संस्कारमा हुर्किएका कारण हुनुपर्छ मान्छेहरूले मेरो चरित्रलाई मन पराउने । हो र होइनमा मात्र म निर्णित बन्छु ।’

म दुखै नहुने मान्छे साधु मात्र देख्छु । दुख तहगत हुन्छन् । गरिबीको रेखामा रहेका मानिसलाई कमाउने र हातमुख जोर्ने, निम्न मध्यमवर्गीयलाई घरजम गर्ने, घर जोड्ने र विभिन्न ठाउँ घुम्ने । उच्चवर्ग अथवा जसलाई धनाड्य भनिन्छ उनीहरूलाई संवेदना र समय निकाल्न नपाउँदाको दुख । निजी जीन्दगी छ तर मिहेनत र कर्तव्यका अघि निजी जीवनका लागि समय छैन भन्ने लाग्छ

उनी दुखलाई तहगत रूपमा बुझ्छन् । सडकका छाप्रामा खानुको मजामात्र जान्दैनन्, कसले कसरी जीवन भोगीरहेको छ भन्ने पनि बुझ्छन् । त्यसैले ‘धनीका दुख के हुँदा रहेछन् ?’ भन्ने प्रश्नमा उनको हलुका उत्तर छ –

‘म दुखै नहुने मान्छे साधु मात्र देख्छु । दुख तहगत हुन्छन् । गरिबीको रेखामा रहेका मानिसलाई कमाउने र हातमुख जोर्ने, निम्न मध्यमवर्गीयलाई घरजम गर्ने, घर जोड्ने र विभिन्न ठाउँ घुम्ने । उच्चवर्ग अथवा जसलाई धनाड्य भनिन्छ उनीहरूलाई संवेदना र समय निकाल्न नपाउँदाको दुख । निजी जीन्दगी छ तर मिहेनत र कर्तव्यका अघि निजी जीवनका लागि समय छैन भन्ने लाग्छ ।’

व्यापारीमा संवेदना नहुने भन्नेचाहीँ हुँदैन । मान्छे भएका नाताले संवेदना र भावना आफुमा पनि रहेको दाबी गरेका चौधरी ग्रुपका कार्यकारी निर्देशक करणले एक महिनाअघि मात्र जीवनमा संगिनी भित्राए । विधात्री पोखरेलसँगको ४ बर्षको प्रेमजीवनलाई वैवाहिक बन्धनमा उनेका उनी स्मरण गर्छन्,‘व्यवस्तताको सर्त नै प्रेम र जीवनको निर्णय भयो । मेरी पत्नी यो विषयमा जानकार छिन् ।’

साधारण मानिसकै जस्तो दैनिकी बिताएका र त्यहि लयलाई समातेका उनी कहिलेकाहीँ प्रेमिल जीवनमा भएका केही संवादलाई सम्झन्छन् । भन्छन्,‘मैले इन्गेजमेन्टको दिन मेरी पत्नीलाई भनें कि तिमीलाई जीवनमा कहिले पनि फाइभ स्टार होटलमा लगेको रहेनछु है ! उनले पनि स्मरण गरिन् तर त्यो दिन भेटिनन् ।’

घोडाको सौख मात्र लिएका छैनन् उनले, घोडाले धेरै चिज बुझाएको पनि ठान्छन् । ‘यहि घोडाले मात्रै मलाई धेरै कुरा सिकायो । पशुले केही नबुझ्दा पनि उसलाई नियन्त्रण र संरक्षण दुवै गर्न सक्ने भएपछि मान्छेसँग किन गर्न सकिन्न ?’, हर्स राइडिङका गोल्ड मेडलिस्ट समेत रहेका करण थप्छन्,‘त्यसैले जीवनको एउटा अध्यायको अध्ययन हरेक चिजबाट लिन सकिन्छ भन्ने ठान्छु ।’

‘जीवनको व्याख्या कसरी गर्नुहुन्छ ?’

‘म जीवनलाई फरक हिसाबले हेर्छु । म सन्तुष्ट हुनका लागि काम गर्छु । मलाई १० पुस्तालाई पुग्ने पैसा छ । तर मैले एउटा प्रण गरेको छु । कार्यालयमा आउँछु, हाँस्छु रमाउँछु’, अलिक खुल्दै भन्छन्,‘कार्यालयका सबै सदस्यलाई परिवार जस्तो ठान्छु । म पनि यो कम्पनीको एउटा कर्मचारी हुँ भन्ने ठान्छु । मैले मेरा लागि, कम्पनीका लागि मात्र होइन, परिवार र साथीका लागि काम गरिरहेको छु ।’

उनी मान्छे रिटायर्ड हुन्छ भन्ने ठान्दैनन् । आफ्ना हजुरबुवा लुनकरण दास चौधरीको उदाहरण दिँदै भन्छन्, ‘उहाँ हिँड्न, सोच्न सकुन्जेल व्यापारमा सक्रिय हुनु भयो । मेरो बुवाको सोच पनि त्यहि छ । म पनि त्यसरी नै सक्रिय हुनुपर्छ भन्ने ठान्छु ।’

व्यस्तता उनको परिचय पनि हो । अझ व्याख्या गर्छन्,‘एउटा गायकले गाउनु भएको छ नि ४० कटेपछि रमाउला भन्ने, त्यस्तै महशुस हुन्छ कहिले । म शारिरीक हिसाबले घर पुगे पनि मानसिक हिसाबले पुगें भने मेरो परिचय गुम हुन्छ ।’

के मान्छेको रिटायर्ड जीवन पनि हुँदैन त ?

उनी मान्छे रिटायर्ड हुन्छ भन्ने ठान्दैनन् । आफ्ना हजुरबुवा लुनकरण दास चौधरीको उदाहरण दिँदै भन्छन्, ‘उहाँ हिँड्न, सोच्न सकुन्जेल व्यापारमा सक्रिय हुनु भयो । मेरो बुवाको सोच पनि त्यहि छ । म पनि त्यसरी नै सक्रिय हुनुपर्छ भन्ने ठान्छु ।’

उनको सक्रियताको झझल्को अमेरिकी अर्बपति वारेन बफेटको जस्तो छ । सायद, उनकै मार्गमा अभ्यस्त रहेको हुनुपर्छ, करण । उनले सक्रियताका कहिलेसम्म भन्ने प्रश्नको उत्तरमै उदाहरणीय वा प्रेरणाको पात्र ‘वफेट’लाई नै लिने गरेका छन् । एक हिसाबले चौधरी ग्रुपको तेस्रो पुस्ताका युवा ‘कार्यकारी प्रमुख’ करणको व्यावसायीक गति उनले मन पराउने ‘घोडाको रेस’जस्तै अघि बढीरहेको छ ।

उनी मुलुक समृद्ध हुनका लागि कामको लगनशीलतामा सबैको सक्रियता हुनुपर्ने ठान्छन् । सरकारसँग उनलाई कुनै गुनासो छैन । तर सरकारलाई उनी एउटै सुझाव दिन्छन्,‘जुन नीति ल्याउनुहुन्छ त्यसको शतप्रतिशत स्वीकार हुन्छ । तर नीति कमिज फेरेजस्तो फेर्नु भएन ।’

प्रतिक्रिया
सम्बन्धित