शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

यी मन्त्रीले गरिन् फेरि अर्को उट्पट्याङ !

दैनिक नेपाल २०७५ भदौ ५ गते ९:५४

काठमाडौं, ५ भदौ । प्रदेश २ कि भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा बेलाबेला चर्चामा आउने गरेकी छिन् । उनले गर्ने राम्रा कामले भन्दा पनि उट्पट्याङ गतिविधिले झा चर्चामा आउने गरेकी हुन् ।

रौतहट जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने झा गाउँ जाने बेला दलबलसहित जाने गरेकी छिन् । झाले आफ्नो राजनीतिक हैसियत देखाउनका लागि पनि तामझाम देखाउने गरेको आरोप उनकै कार्यकर्ताहरूको छ ।

मन्त्री झाको जिल्ला बसाइँ र घुमाइ महँगो हुने गरेको छ । उनको सुरक्षालाई लिएर रौतहट प्रहरीलाई टाउको दुखाइ भएको छ । प्रदेश मन्त्री झाको दवाव र उट्पट्याङ गतिविधिले गर्दा कार्यकर्ता र स्थानीय प्रशासनलाई हैरान भएको गुनासो बढेको छ ।

मन्त्री पदको सपथ लिएपछि साउथ भारतीय फिल्ममा जस्तै ५० भन्दा धेरै गाडी लिएर गाउँ गएकी झाको त्यस बेला निकै आलोचना भएको थियो । त्यसपछि उनको व्यवहारमा सुधार हुने धेरैले अपेक्षा लिएका थिए । तर, प्रदेशमन्त्री झाले आफूलाई सुधार गर्नुभन्दा पनि उस्तै शैली अपनाउँदै गएकी छिन् ।

मन्त्री झाले फेरि बागमती नदीको कटान हेर्ने बहानामा दलवलसहित सोमबार भ्रमण गरेकी छिन् । आफ्ना पति अनिलकुमार झालाई साथमा लिएर प्रदेश २ की मन्त्री झा बागमती नदीको किनारमा पुगेकी हुन् ।

मन्त्रीको सपथ लिएर रौतहट जिल्ला आएका बेलाको गाडीको लावालस्कर

उनले नदी कटानको लागि बजेट निकासा गर्नुभन्दा पनि स्थानीय सरोकारवाला कार्यालयका प्रमुखहरूलाई दिर्नेशन दिएर कटान रोक्न भनेकी छिन् ।

नदी कटान हेर्न उनले गाउँका सबै सर्वसाधारणहरूलाई आफ्नो पछाडि आउन निर्देशन दिएको एक स्थानीयले बताए । अघिल्लो पटक संसदमा रहेकी झाले नदी कटानदेखि रौटहटको विकासमा सिन्को पनि नभाँचेको आरोप छ ।

उनका पति अनिलकुमार झाले पनि विकास गर्न नसेको आरोप रौतहटका स्थानीयको छ ।

प्रतिक्रिया
सम्बन्धित