आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

भोलिदेखि कालीमाटीका तरकारी पसल बन्द हुने, सरकारी अनुगमनको विरोधमा उत्रिए व्यवसायी

दैनिक नेपाल २०७५ भदौ ४ गते २२:०८

काठमाडौं, ४ भदौं । कालिमाटी बजारमा मंगलबार सबै तरकारी पसलहरु बन्द हुने भएका छन् । सरकारी अनुगमनको विरोधमा तरकारी व्यवशायीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

बिहान तरकारी विक्रीवितरण गरे लगत्तै सबै पसलहरु बन्द गर्ने निर्णय भएको तरकारी फलफूल व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागको टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो । त्यसक्रममा विल विजक नभएको भन्दै दुई वटा गाडीलाई नियन्त्रणमा लियो । तर, व्यवसायीहरुले अनुगमन टोलीलाई तरकारी बजार विकास समितिको कार्यालयमै थुनेको थियो ।

बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव समेत अनुगमनमा पुगेका थिए । महासंघका महासचिव भरत खतिवडा लगायत केहि व्यवशायी पक्राउमा परेका छन् ।

तर, सरकारले तरकारी बजारमा हस्तक्षेप गरेको भन्दै महासंघले आन्दोलन घोषणा गरेको छ । काठमाडौं बाहिर भने व्यवसायीले हातमा कालोपट्टी बाँधेर काम गर्ने महासंघले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित