मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

सेक्स विथ ‘सोल’

प्रदिप अधिकारी २०७५ साउन २८ गते १२:३०

सांकेतिक तस्बिर

ढक… ढक…!
घडी हेर्छु । १२ बजेर ३५ मिनेट गएको छ ।
को हो ?
पुन: उही आवाज आउँछ, ढक… ढक…!
झुलमा थुनिएको म बिस्तारै ढोका खोल्छु ।
तिमी ?
अँ म ।
तर, कसरी यहाँ आइपुग्यौ ? तिमी त…! मेरा वाक्य रोकिए ।
पुराना कुरालाई बिर्सिदिनुस् अब । बत्ती बन्द गर्नुस् । हामी सुतुम् ।
उनको अगाडी म निरीह बनेँ । डराएँ । आत्तिएँ । उनको यस्तो प्रकारको भनाइले कताकता मलाई काउकुती लाग्यो । म खाटमा पल्टिएँ । यस्सै । जस्तो म सुत्दा थिएँ । माथि लुगा थिएन । तल लाज ढाक्ने सानो बस्त्र मात्रै थियो ।
मेरो मुखबाट फेरि पुरानै प्रश्न दोहोरियो, तर तिमी ?
‘यो कुरा बन्द गर्नु भनेको सुन्नुभएन ।’
‘ओके मिस ।’ मनमा भने अनेक ताना खेलिरहेको छ ।
‘नो मिस मिसेस भन्नुस्,’ उनी भन्छिन् ।

धोती लगाएकी छ । धोतीको फुर्कोमा फुलका बुटाहरु छन् । कपाल चिल्ला छन् । तेल लगाएकी हुँदो हो । निकै संस्कारी देखिरहेको छु ।
भर्खर निदाउँन लागेको रहेछु । मेरो हातमा कसैले स्पर्श गरेजस्तो अनुभव भयो । यस्सो हेरेँ । उनै थिइन, सबुता ।
‘हाम्रो सहमति के थियो रे ?’
‘म भुँइमा सुत्ने हजुर खाटमा ।’
‘अनि यो के गरेको त ?’
‘छोएको मात्रै, अरु केही गर्या छैन ।’
‘के गर्ने विचार छ र ?’
‘हेर्दै जानु ।’

भोलिपल्ट बिहान ७ बजेर १९ मिनेटमा उठेँ । उनी थिइनन् ।
रातिको घटनालाई दिनभर सम्झिरहेँ । दिनचर्या उस्तै रहे । अरु अचम्म केही भएन ।
ढक‍… ढक…!
घडीमा आज पनि १२ बजेर ३५ मिनेट नै गएको छ । म अचम्मा परेँ । डराइडराइ ढोका खोलेँ । ढोका पूरा खोल्न नपाई उतैबाट ठेलिन् । आज पनि उनै सबुता थिइन् ।

‘दिनदिनै तिमी किन आउँछौ मेरो कोठामा । समाजले देखे भने ?’

‘मलाई हजुरले बाहेक अरु कसैले पनि देख्न सक्दैनन् राजा । नडराउनु केही हुन्न ।’ उनले मलाई ढुक्क हुन आश्वस्त पारिन् ।
म डरले पानीपानी भएको छु । मनमनै सोचेँ- ‘भगवान के आइलाग्यो म माथि ?’ उनैले बत्ती निभाइन् । म झुलभित्र पसेँ । उनी पनि पसिन् ।
आज उनले पहिरनमा छलाङ मारेकी छिन् । उनले जिन्सको हाफ पाइन्ट लगाएकी छिन् । शरीरको माथिल्लो भाग सेतो टिशर्टले छोपेकी छिन् । गाढा लिपिस्टिकमा उनी भद्दा लाग्छिन् ।

उनी एक्कासी मेरै पलङमा छिरिन् । मैले तल झर्न इशारा दिएँ । मेरो इशारालाई लत्याउँदै उनी मैमाथि आक्रामक भइन् । उनले अर्कै रुप लिइन्, जुनबारे मैलै कल्पना पनि गरेकी थिइनँ । उनले मलाई चिथोरिन् । कोपरिन् । मलाई घरि यता पल्टाइन् घरि उता पल्टाइन् । म कराएँ । चिच्याएँ जोडजोडले । अँह मेरो केही जोर चलेन । उनी थप उत्तेजनामा आइन् । लिपिस्टिक पोतिएको ओठ मेरो ओठसँग मिलाइन् । जबरजस्ती ओठ जुधाउनुमा मजा केही छ ? घाँटीदेखि अनुहारका सबै भागमा छिटो छिटो चुमिन् । मेरो अनुहारै भरि लिपिस्टिकका डामहरु बसे । म किन उनीसँग प्रतिकार गर्न सकिरहेको छैन ? कतिञ्जेल सहेर बसौं ? ममाथि किन यस्तो भइरहेको छ ? आखिर के चाहन्छिन् उनी ? मनमनै प्रश्न गरेँ । त्यस रात मेरो अस्मिता लुटिन् सबुताले । मलाई जिन्दगीमा पहिलोपटक पुरुष भएकोमा धिक्कार लाग्यो । मलाई लज्जाबोध भयो । तर, बिडम्बना म उठ्दा उनी थिइनन् ।

त्यसदिन म कतैपनि गइनँ । मसँग भएको घटना कसैलाई सुनाइनँ । सुनाउनु पनि किन ? कसले चाहन्छ आफ्नो बेइज्जती ?

**************

प्रदिप अधिकारी

अफिसको कामको शिलशिलामा म एक हप्ताका लागि विराटनगर जाने भएँ । टिकट अगाडी नै काटिसकेको थिएँ । मंसिरको महिना थियो । मानिसहरुको आउजाउ पातलो थियो । ‘ए’ तर्फको ९ नम्बर सिटमा टिकट काटेँ । झोलामा चाहिने सामान प्याक गरेँ । र, म कलंकीबाट डिलक्स बस चढेँ । गाडी जाम थियो, निदाइछु । नैकापमा पुग्दा ब्यूझेँ । मसँगैको सिटमा एक युवती पनि चढिछिन् ।
‘एक्सक्युज मी, मलाई लङ टुरमा भमिट हुन्छ । झयालको सिटमा म बस्छु नि है ।’ उनको आग्रह सहजै स्वीकारेँ ।
‘लेज खानुहुन्छ ?’
‘नाइँ खान्नँ ।’
‘किन भाउ खोज्नुभएको । खानु न ।’
‘खान्नँ सुन्नुभएन । कि नेपाली बुझ्नुहुन्न,’ दिक्क मान्दै भनेँ ।
‘मन राखिदिन एक पिस भएपनि खाएको भए भइहाल्थ्यो नि । कत्तिन झर्कन पर्ने ?’ पापा किनिदिन बच्चाले ममीलाई चेपारे पारेर भनेजस्तै गरि लाडिइन् ।
‘मन प्याक होला राखेर के फाइदा,’जिस्किन खोजेँ ।
‘अहिलेसम्म छैन । तर, प्याक गर्न बोलाउनु भएको हो घरकाले ।’
‘बिहेमा आउनु ल ।’
उनले यसरी निम्ता दिइन् कि मानौं हामी वर्षौदेखि एकअर्कालाई चिन्छौं । अरु कसैको हुन सक्ने देखेर मैले उनको बाहिरी बनावटमाथि समय खर्चेँ ।

कालो कपाल, टुप्पोमा हल्का खैरो । गोलो गोरो अनुहार । कालो चस्मा टाउकोमा लगाएकी । पुष्ट छाती । चुच्चो नाक । खुलेका आँखा । बोलाउँदा उनको मुख होइन, उत्तर दिन आँखा नै तम्सिन्छन् । सेतो कुर्तामा चुज जिन्स पाइन्ट, अलिकति दोबारेकी । खोट लगाउन नमिल्नी राम्री । उनलाई देख्दा जो कसैको मनमा एकपटक घण्टी अवश्य बज्छ ।
‘मलाई अलिक गाह्रो फिल भयो म सुत्छु है, डिस्टर्ब होला अहिले नै सरी भन्छु ।’
मलाई उनी देख्दा माया लागेर आयो । कति निर्दाेष छ उनको मन । कति सफा छ । कति शालिन छ उनको व्यवहार । के शालिनता महिलाहरुको गहना हो ? खैर जे होस्, मनमनै सोचेँ उनलाई बिहे गर्ने भाग्यमानी को होला ?
केहीबेरमा उनी निदाइन् । निदाउँदा उनको टाउको मेरो कुममा अडियो । झ्यालबाट हावाका झोक्काले फुरुरु उडेको उनको कपालले मेरो अनुहार छोप्यो । मेरो नाकले उनको कपालको गन्ध चाल पायो । आहा, कस्तो सुगन्ध । लठ्ठ पारिदिने । लाग्छ जिन्दगी बाँच्न हावा पानी होइन उनको कपालको बास्ना अत्यावश्यक छ ।

खाना खान गाडी लोथरमा रोकियो । उनी ब्यूँझिइन् ।
‘भोक लाग्या भए हिँड केही खान ।’
उनी सरासर मसँग गाडीबाट ओर्लिइन् । दुइटा भेज खाना मगाइन् ।
एकछिनकाे गफगाफपछि उनले मेरो मोबाइलकाे फोटाहरु हेरिन् । बुबाममी दाई बहिनी सबै चिनाएँ मैले । उनले पनि त्यही गरिन् । हामी छिनमै क्लोज भयौं ।
खाना खाएर गाडीमै सुत्यौं । दुवै जना निदाएछौं। बिहान लगभग छ बजेको हुँदो हो, चिया नास्ता गर्न गाडी रोकियो ।
‘के खाने ?’ उनले सोधिन् ।
मलाई ब्ल्याक कफी र चुरोट मगाउ ।
दाई, दुइटा ब्ल्याक कफी र दुइटा चुरोट ल्याउनु है ।
बानेश्वरमा होस्टेल बस्दा यसको बानी लाग्यो, मैले सोध्नुअगावै उनले स्पष्टिकरण दिइन् ।
दिउँसो १२ बजे उनी बसबाट उत्रिइन् । त्यसको केही बेरमा म उत्रने सुरसारमा थिएँ ।
उनले सँगैको सिटमा मोबाइल छाडेर गइछिन् । आइफोन सेभेन प्लस थियो । अडकल काटेँ, हुनेखानीकी छोरी हुँथी हो । बसमा मोबाइल अनलक गर्दा पासवर्ड देखेको थिएँ ।

१ २ ३ ५ हानेँ ।

खुल्यो ।

कल लग हेरेँ । ममी सेभ गरेको नम्बरमा पुरानो कल हिष्ट्री देखायो । डायल गरेँ ।
ममी नमस्ते !
‘नमस्ते बाबु । ‘
‘हजुरको छोरीले गाडीमा मोबाइल बिर्सिनुभएछ । जानकारीका लागि फोन गरेको मैले । मैसँग सुरक्षित छ लिन आउनुहोला ।’
केहीबेरमा ममीबाट कल आयो । मैले उठाएँ ।
कहाँ आउनुहुन्छ मोबाइल लिन ?
फोन छोरीले उठाइन् । लोकेशन दिइन्, घरमै बोलाइन् ।
म पुग्नेबितिक्कै उनको आमाले चिया बनाउन लगाउनुभयो । हतारिँदै उनले भनिन्, ‘उहाँलाई ब्ल्याक कफी मनपर्छ । एकैछिन है म बनाएर ल्याइहाल्छु ।’

‘बाबुको विराटनगर बसाइ कति हो कुन्नी । जतिदिन भएपनि हाम्रैमा बस्नुहोला । यसले खाना बनाएर खुवाइहाल्छे । बेक्कारमा होटेलमा के बस्नुहुन्छ,’ ममीले भन्नुभयो ।

‘होइन ममी अफिसले खर्च बेहोर्छ । म होटेलमै बस्छु ।’
केहीबेरमा म त्यहाँबाट निस्किन बिदा मागेँ । मलाई पुर्या्उन उनै आइन् । रातो रङको स्कुटर निकालिन् र मलाई शहरका कुनाकुना घुमाइन् । साँझ म होटेल बसेँ, उनी घर फर्किइन् ।

करिब एक साता लामो विराटनगर बसाइमा अफिसको काम कम र बढी उनीसँग बिताएँ । उनको परिवारसँग पनि सम्बन्ध राम्रो भयो । उनीसँग बिताएका पल मथिङ्गलमा घुमिरह्यो ।

राजधानी फर्केपछि हाम्रो भेटघाट बाक्लियो ।
प्रस्तावबिनै हामीबीच प्रेमको अनूभूति भयो । के प्रेम गर्न प्रस्ताव नभई हुन्नँ ? के भमराले अनुमति मागेर कहिले पाे फूलको रस चुसेको छ र ?
मंसिरमा उनले विवाह गरिनन् । केटो मन परेन अरे ।
एकदिन उनले भनेकी थिइन्, ‘हजुरलाई मेरो ममीले भेट्न मन गर्दै हुनुहुन्थ्यो । कहिले जाने हामी ?’ मैलै यसको संकेत अरु नै हुनसक्ने अड्कल काटिसकेको थिएँ । कुरा विवाहकै थियो ।

फेरि विराटनगर हुत्तिएँ । मनमा भविष्य बोकेर । साथको आश बोकेर । घरमा सूचना नदिइकन मैले उनीसँग टिकाटाला गरेर राजधानी फर्किएँ ।
मसँग पनि उनको सुन्दरता उस्तै रहला ? के उनलाई मैले जीवनभर खुशी दिन सकुँला ? छिनमै मन डराउँथ्यो भने छिनमै खुशी हुन्थ्यो । मन पनि असारे भेल न रहेछ । कहिले ह्वात्त बढ्ने त कहिले स्याम्म बस्ने ।

शनिबारको दिन थियो । हामी गोदावरी घुम्न निस्कियौं । उनको मे ५ प १२३५ नम्बरको रातो स्कुटरमा हामी बत्तियौं । राजधानीको धुलोधुँवाबाट केहीबेरका लागि मुक्त हुन । गोदावरीको सानो झरनाजस्तोमा खुट्टा चोबल्यौं । पानीभित्रै हाम्रा खुट्टा एकअर्कामाथि खप्टिए । खुट्टाहरु चलाएमान भए । घर्षण भए । उनको खुट्टा पनि निकै सुन्दर थियो ।
हामी फर्कियौं । बाटोमा एक्कासी टिपरले…!

हामीलाई कसैले वीर अस्पतालको ट्रमामा लगेछन् । मेरो होस् आउँदा उनले प्राण त्यागिसकेकी थिइन् ।
म सुतेको बेड नै भाँचिएजस्तो भयो । टाउको भारी भयो । कान टालियो । जीवनको लामो सपनाको पुल त्यहीँ बाढीले बगायो । र, बगायो उनीसँगको पुराना प्रिय क्षण ।

**************

उनलाई स्कुटरको नम्बरसँग अत्यन्तै लगाव थियो । सबुता भन्ने गर्थिन्, ‘हजुरले बिहे नगरे म त यही स्कुटरसँग जीवन बिताउँछु । ‘ १२३५ नै किन लिएको नि नम्बर चाहिँ ? मेरो प्रश्न भुईँमा खस्न नपाउँदै उनले भनेकी थिइन्, ‘सानोमा हात हेराउँदा ज्योतिषले नानीको लक्की नम्बर १ २ ३ ५ भनेका थिए । कुरेरै मैले यो नम्बर लिएको हुँ ।’

आजकाल उनी अर्थात् सबुता मेरो यौन इच्छा पूरा गर्न भन्दै हरेक रात सताइरहेकी छन् । जब १२ बज्छ त्यसपछिको आधा घण्टा मेरा लागि पीडा र आनन्दले बित्छ । के उनले स्वर्गलोकबाट पनि मलाई प्रेम गरिरहेकी छे त ? के अब म उनको आत्मालाई जीवनसाथी बनाउँ ?

प्रतिक्रिया
सम्बन्धित