मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

अमेरिका पठाउने भन्दै लाखौँ ठगी गर्ने पक्राउ

दैनिक नेपाल २०७५ साउन २५ गते १७:५०


काठमाडौँ, २५ साउन । अमेरिकाको भिसा लगाइदिने भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

अमेरिकी राजदूतवासको भिसा लगायतका कागजातहरु नक्कली बनाई ठगी गरेको तथा प्रविधिको दुरुपयोग समेत गरेको कसुरमा काठमाडौँ–३२ डिल्लीबजार ठेगाना भई गोकर्णेश्वर–६ बस्ने २७ वर्षका प्रशन्न खातीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

अमेरिकाको भिसा लगाइदिने र अमेरिकन एम्बेसीबाट प्रोजेक्टको नाममा आएको रकमहरु निकासा गरिदिने प्रलोभन देखाई ठगी गरेको उजुरी परेको थियो । खातीले ३ जनालाई ठगेको अभियोग लागेको छ ।

उनले आफूलाई डिस्कोभरी च्यानलको कर्मचारी भएको भनि नक्कली परिचयपत्र समेत देखाई गठी गरेका थिए ।

पीडितलाई सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाई डिस्कोभरी च्यानलका कर्मचारीको झुठो आवरणमा विभिन्न प्रलोभनहरू देखाई अमेरिकाको भिसा लगाइदिन्छु भनि पटक–पटक गरि विभिन्न प्रक्रियागत खर्चको नाममा २० बीस लाख लिएको बताएका छन् ।

पीडितले खातीलाई चिनजान गराईदिएका अर्का पीडितलाई समेत अमेरिकन दूतावास अन्तर्गत रहेको कोषबाट प्रोजेक्ट संचालनको लागि रकम निकासा गर्न सकिन्छ भनि प्रलोभन देखाई पटक–पटक गरी २५ लाख ठगी गरेको उजुरी परेको सीआईबीले जनाएको छ ।

पीडितहरुले अमेरीकन एम्बेसीका उच्च पदस्त कुटनितिज्ञसँग आफ्नो राम्रो चिनजान भएकोले अमेरिकन दूतावास अन्तर्गत रहेको द कार्टर सेन्टर नेपाल फाउन्डेशन अन्तर्गतको कार्यक्रममा ११ करोड रहेको र उक्त रकम आफूले निकासा गराउन सक्ने भनि विश्वास दिलाएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित