बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

सुडान जाने सशस्त्र टोलीको विदाई

दैनिक नेपाल २०७५ साउन २५ गते १६:५१


काठमाडौं, २५ साउन । निमित्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणबावु थापाले शान्ति स्थापनार्थ सुडान जान लागेको एक टोलीलाई विदाई गरेका छन् ।

शुक्रबार सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उनीहरुलाई विदाई गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाले संयुक्त राष्ट्रसंघको मातहतमा रहेर द्वन्दग्रस्त मुलुकमा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले देशको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्यगर्न निर्देशन दिए ।

उनले शान्तिस्थापनार्थ साउथ सुडानतर्फ जान लागेको सो टोलीलाई अनुशासित, बफादार तथा इमान्दार भएर उत्कृष्ट कार्य गर्न आग्रह गरे ।

सशस्त्र प्रहरी निरीक्षक करबहादुर घर्तिमगरको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानमा खटिएको सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल ९९ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित