आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगी गर्ने गुरुङ फेरि पक्राउ परे

दैनिक नेपाल २०७५ साउन २५ गते १६:४४


काठमाडौँ, २५ साउन । बलिउड कलाकार सलमान खान ल्याउने विषयमा ठगेको भन्दै पक्राउ परेका सीमान्त गुरूङ फेरि पक्राउ परेका छन् । ओडिसी नेपालका सञ्चालक गुरूङलाई प्रहरीले धरौटी बुझाए लगतै पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत असार २९ गते गुरूङलाई बलिउड कलाकार सलमान खान ल्याउने विषयमा ठगी गरेको भन्दै पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले बिहीबार गुरूङलाई धरौटीमा छुट्न आदेश दिएको थियो । १५ लाख रुपैयाँ धरौटी बुझाएका गुरूङलाई बिहीबार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स गरेको अभियोगमा पक्राउ गरेको हो ।

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘द ब्याङ टुर नेपाल’ स्थगित भएको थियो । त्यसपछि फेरि जेठमा कार्यक्रम गर्ने भनिएको थियो ।

जेठमा पनि कार्यक्रम नभएपछि उनलाई उजुरीका आरधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित