बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

यो साता ९ अंकले घट्यो नेप्से

दैनिक नेपाल २०७५ साउन २५ गते १६:१४

काठमाडौं, २५ साउन । नेप्से परिसूचक यस साता पनि घट्यो । साताको पहिलो दिनको तुलनामा परिसूचक ९.२५ अंकले घट्यो । र, अन्तिम दिन शुक्रबार ११८०.६३ मा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा रहेका १८१ कम्पनीहरुले कारोबार गरे । साताभरि १६ हजार ३७० वटा कारोबार भएका छन् । जसबाट ९१ करोड ८७ लाख ३२ हजार रकममा ३६ लाख ४७ हजार ८४० कित्ता सेयर कारोबार भएका छन् ।

कारोबार रकम गतसाता भन्दा यस साता १४.६८ प्रतिशत कम भएको छ । गत साता पनि १८१ कम्पनीहरुले कारोबार गरेका थिए । १५ हजार ३१० वटा कारोबार हुँदा १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँमा ४० लाख ८४ हजार ५२० कित्ता सेयर किनबेच भएका थिए ।

यस साता ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घट्दै २४९.१३ अंकमा आइपुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित