मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती हुने

दैनिक नेपाल २०७५ साउन २५ गते १५:३७


काठमाडौँ, २५ असार । नेपाल–भारतको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रुपमा ‘पट्रोलिङ’ गर्ने भएका छन् । भारतमा सम्पन्न दुई देशका सुरक्षा अधिकारीबीचको समन्वय बैठकले यस्तो सहमति गरेको हो ।

नेपालको सशस्त्र प्रहरी बल(एपिएफ) तथा भारतको सीमा सुरक्षा बल(एसएसबी)का प्रमुखबीच शुक्रबार नयाँदिल्लीमा तेस्रो समन्वय बैठक सम्पन्न भएको सशस्त्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतको तर्फबाट एसएसबीका महानिर्देशक रन्जी कान्त मिश्रले बैठकको नेतृत्व गरेका थिए ।

बैठले मानव तस्करी तथा लागूऔषध कारोबार नियन्त्रणका लागि संयुक्त रुपमा ‘पट्रोलिङ’ गर्ने सहमति भएको हो । बैठकमा सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउन थप समन्वय गर्ने सहमति भएको छ ।

सीमा क्षेत्रमा सर्वसाधरणमाथि सुरक्षाकर्मीबाट हुने दुव्र्यवहार रोक्न सुरक्षाकर्मीलाई सर्वसाधरण मैत्री बनाउन तालिम दिने पनि सहमति भएको विज्ञप्तिमा उल्लेख छ । दुई देशबीचको अर्काे समन्वय बैठक आगामी वर्ष नेपालमा हुने नेपाली बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित