बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

पुरिएको पाँच दिनपछि निकालियो गोविन्दको शव

दैनिक नेपाल २०७५ साउन २५ गते १५:१८


जाजरकोट, २५ साउन । जाजरकोट सदरमुकाम खलंगाको ठाँटीबजार नजिकै गएको पहिरोमा परि वेपत्ता भएका गोविन्द परियारको शव पाँच दिनपछि निकालिएको छ ।

पहिरोले दुई घर पुरिदा बेपत्ता भएका १३ वर्षीय बालक गोविन्द परियारको शव शुक्रबार बिहान साढे एघार बजे फेला परेको हो । योसँगै पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

पहिरोमा परी मृत्यु भएका अन्य ८ जनाको शव आइतबार नै भेटिएपनि गोविन्दको शव भने भेटिएको थिएन । एक जना अझै घाइते छन् । स्थानीय गोपाल सुनारको घरमा दिदी सर्मिलासँगै भाडामा बस्दै आएका बुवा आमा दुबै नभएका गोविन्द स्कुलको गृहकार्य गर्ने क्रममा घरमाथिबाट आएको पहिरोमा परी पुरिएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको ५ दिनको प्रयासपछि उनको शव फेला परेको हो । पहिरोमा परी गोविन्दका कान्छा भाई ८ वर्षीय दशरथ परियार र अन्य दुई जना बालकहरू १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियारको मृत्यु भएको थियो ।

सोहि स्थानमा पत्रकार तिर्थराज बोहराको घर पुरिँदा २५ वर्षीया सितला लुहार र उनकी ९ वर्षीया छोरी भगवती, ६ वर्षीया रन्जना र ३ वर्षीया मनिषाको पनि ज्यान गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित