बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

अवैध लागूऔषध सहित दुई जना पक्राउ

दैनिक नेपाल २०७५ साउन २५ गते १५:३३

काठमाडौं, २५ साउन । अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ बानेश्वर जागृती नगरबाट काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका २६ वर्षीय सन्तोष लामा र सुनसरी धरान–१७ घर भएका २६ वर्षीय धनबहादुर राईलाई शुक्रबार पक्राउ परेका हुन् ।

अवैध लागूऔषध नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्ज सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित