आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

केएल मोबाइल मेलामा एउटा किन्दा अर्को सित्तैमा

दैनिक नेपाल २०७५ साउन २५ गते १५:०३


काठमाडौं, २५ साउन । काठमाण्डौको चाबहिल स्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ । जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सञ्चालन भैरहेको छ ।

चाबहिलको केएल टावरमा रहेको केएल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवाग्राहीलाई लक्षित गर्दै मोबाइल मेला सञ्चालन गरेको हो ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजना मेलाको आकर्षण बनेको छ । जेडटिई ब्राण्डका एल फाइभ प्लस तथा ब्लेड एस सेभेन र लेनेभोको के फोर नोट मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा उपलब्ध हुने मोबाइल हबका निर्देशक संगम राईले बताए ।

त्यसै गरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् ।

अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित