मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

‘कोहलीले क्रिकेटको सबै रेकर्ड तोड्नेछन्’

दैनिक नेपाल २०७५ साउन २५ गते १४:५२

काठमाडौं, २५ साउन । अष्ट्रेलियाली क्रिकेट टीमका पूर्वकप्तान स्टीभ वोले भारतीय कप्तान विराट कोहलीको खुलेर प्रशंसा गरेका छन् । उनले कोहलीलाई संसारको नम्बर वान ब्याट्सम्यान भनेका छन् । उनले उनको देशका क्रिकेटर स्मिथभन्दा पनि कोहली माथि रहेको उल्लेख गरे । स्मरण रहोस्, इंग्ल्याण्डविरुद्ध विराट कोहलीले पहिलो टेस्टमा १४९ र दोस्रो टेस्टमा ५१ रन जोडेका थिए । यसैको मदतले उनी आइसीसीको र्‍याङकिङमा शीर्ष स्थानमा उक्लिए । उनले स्टीभ स्मिथलाई पछि पार्दै एक नम्बरमा स्थान बनाएका हुन् ।

कोहलीको प्रशंसा गर्दै उनले भने, ‘मलाई लाग्छ कि स्टीभ स्मिथमा रनको भोक सबैभन्दा बढी छ । तर, उनी १२ महिनादेखि क्रिकेटबाट टाढा छन् । यसैले त मलाई लाग्छ विराट सबैभन्दा राम्रो छन् । उनी ठूलो मौकाको खोजीमा हुन्छन् । ब्रायन लारा, सचिन तेन्दुलकर, विवि रिचर्ड्स र जावेद मियांदाद पनि मौकाको खोजीमा हुन्थे ।’

वोले भनेका छन्, ‘कोहली ग्लोबल सुपरस्टार हुन् । उनले क्रिकेटको सबै रेकर्ड तोड्नेछन् ।’

प्रतिक्रिया
सम्बन्धित