बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

बाबु र आमामा मुख्य विभेद के ?

दैनिक नेपाल २०७५ साउन २५ गते ६:५६

काठमाडौं, २५ साउन । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा छैन ।

आमाको नामबाट नागरिकता लिने भए बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कुनै पनि व्यक्तिले आमाको नामबाट नागरिकता लिने भए उसले वा उसको आमाले बाबुको पहिचानबारे स्वघोषणा गर्नुपर्ने छ । गृह मन्त्रालयले यो विधेयक संसद्मा पु-याएको हो ।

गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव वशिष्ठ घिमिरेले आमाको नामबाट नागरिकता पाउने भन्ने स्पष्ट व्यवस्था विधेयकमा नराखेको स्वीकार गरे ।

उनले भने, ‘बुबा नभएमा मात्र आमाको नामबाट नागरिकता पाउने हो । बुबाको पहिचानबारे आमाले यसकारण बाबु छैनन् भन्ने कुरा उल्लेख गर्नुपर्छ ।’

गृह मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख नारायण दुवाडीले बुबाको कुरा उठाउनुपर्ने विषय नेपालको अवस्था र यसअघि नागरिकता वितरणमा देखिएको व्यवहारिक समस्यालाई हेरेर राखिएको बताए ।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीले विधेयक संसद्मा पुगिसकेकाले यस विषयमा संसद्को विशेषाधिकार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित