मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

महिला साफ फुटबलः भारतले हान्यो श्रीलंका विरुद्ध एक दर्जन गोल

दैनिक नेपाल २०७५ साउन २४ गते २०:४३


भुटान, २४ । महिला साफ च्याम्पियनशिप फुटबल अन्तर्गत भारतले श्रीलंकालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

थिम्पुको चाङली मिथाङ रंगशालामा बिहिबारदेखि शुरु भएको १५ वर्षमुनिको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२—० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।

भारतले खेलको पहिलो हाफमा ६ गोल ग¥यो भने दोस्रो हाफमा पनि ६ गोल नै थप्यो । भारतका लागि कप्तान सिल्की देवीले ह्याट्रिक पूरा गरिन् । उनले खेल शुरुवाती पहिलो मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाइन् ।

त्यसैगरी भारतकी अभिका सिंह, सुनिता मुण्डा र अञ्जुले दुई दुई गोल गरे । अभिकाले खेलको १४ र ५९औँ मिनेटमा गोल गरिन् भने सुनिताले खेलको ४२ र ७९ तथा अञ्जुले खेलको ८७ र ८९औँ मिनेटमा गोल गरिन् ।

त्यसैगरी भारतकी अर्की खेलाडी लेण्डा कोमले खेलको ६ मिनेटमा गोल गरिन् भने खेलको ४७ मिनेटमा कृतिना देवी र खेलको ७२औँ मिनेटमा किरणले एक एक गोल थपे ।

श्रीलंकाले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित