बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

आजबाट पूर्णचन्द्र थापाले सम्हाले प्रधानसेनापतिको कार्यभार

दैनिक नेपाल २०७५ साउन २४ गते १९:०५

काठमाडौं, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्री शुक्रबारबाट विदामा बस्ने भएपछि प्रधानसेनापतिको कार्यभार उनले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।

प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्री शुक्रबारबाट विदामा बस्न लागेका हुन् ।

जंगी अड्डामा बिहिबार आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार हस्तान्तरण भएको हो ।

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरेका क्षत्री ४० वर्षसम्म नेपाली सेनामा कार्यरत रहे ।

प्रतिक्रिया
सम्बन्धित