बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

अभागी बाबु : जो एयरपोर्टबाट सिधै आर्यघाट पुगे

दैनिक नेपाल २०७५ साउन २४ गते १८:४९

काठमाडौँ, २४ साउन । सिन्धुपाञ्चोलक ज्यामिरेका गणेशबहादुर खड्काको सपना थियो छोरा निशानलाई ‘ठूलो मान्छे’ बनाउने । एउटा मात्रै छोरा निशानको उज्यालो भविष्यका लागि उनी विगत तीन वर्षदेखि खाडीमा रगत र पसिना बगाईरहेका थिए ।

विडम्वना ! उनको सपनाको जहाज सुरक्षित अवतरण हुन पाएन । तर, आफ्नै नियतिस्तो गह्रंगो मन बोकेर उनी चढेको जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित आपुग्यो । र, गणेश एअरपोर्टबाट सिधै आर्यघाट पुग्नुपर्ने नियतिको भागिदार बने ।

गणेशबहादुरका एक्ला छोरा निशानको आइतबार राती अपहरणकारीले भक्तपुरमा हत्या गरे । सोमबार दिउँसो प्रहरीले अपहरणकारीको ‘इन्काउन्टर’ ग¥यो । अपहरणकारीको इन्काउन्टरसँगै अपहरणको प्रमाण पनि नष्ट भएको छ । भोली कुनै दिन यसको रहस्य खुल्ला–नखुल्ला त्यो समयले नै बताउला । तर, गणेबहादुरको सपनाको ढोका भने सँधैका लागि बन्द भएको छ ।

बिहीबार पशुपति आर्यघाटमा छोराको पार्थीव शरीर खरानी बन्दै गर्दा गणेशबहादुरले मन थाम्न सकेनन् । दुनियाँमा यस्ता कुनै बाबु हुँदैन, जसले छोराको लाश आफ्नै अघि खरानी भएको हेर्न सकोस् । आमा चमेलीको अवस्था झन् बेहाल थियो ।

उसो त गणेबहादुर घटना थाहा पाउने वित्तिकै मलेसियाबाट फर्किन चाहान्थे । परदेशको ठाउँ न हो उनी भन्ने बित्तिकै आउन पाएनन् । त्यहाँ समेत उनी मन बाँधेर बस्न बाध्य भए ।

अपहरणकारीले विभत्स हत्या गरेका निशानको शव सोमबारदेखि शिक्षण अस्पतालमा थियो । उनका मावलीहरुले बिहीबार शब बुझे । अस्पतालबाट शव पशुपति आर्यघाट लगियो । मलेसियाबाट काठमाडौं ओर्लिएका गणेश पनि सोझै आर्यघाट पुगे । निशानको शवमा हजुरबुवा दुर्गाबहादुर खड्काले दागबत्ती दिएका थिए ।

सामान्य परिवारका गणेश छोरा–छोरीकै भविष्यका लागि परदेशिन बाध्य थिए । उनका साथमा अब दुई जना छोरी मात्रै छन् । आर्यघाटबाट घर फर्किदै गर्दा गणेबहादुरका पाइला अघि बढ्न मानेकै थिएनन् । किनकी, भर्खरअघि उनको सपना छोराको शवसँगै बाग्मती किनारमा खरानी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित