बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

यस्तो छ जनप्रतिनिधिहरूलाई धक्का लाग्ने नेकपाको निर्णय

दैनिक नेपाल २०७५ साउन २४ गते १८:३५

काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको हो । जसअन्तर्गत संघ र प्रदेशका मन्त्री, दलका नेता/उपनेता, प्रमुख सचेतक, सचेतकले पार्टीको कुनै पनि स्तरको कार्यकारी पद पाउने छैनन् । त्यस्तै संसदीय समिति सभापति र स्थानीय तहका प्रमुख/उपप्रमुख दुवैले कार्यकारी पद अध्यक्ष तथा सचिव पद पाउने छैनन् ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकीकरणलाई सहज बनाउन यस प्रकारको निर्णय गरिएको हो । नेकपाको यस निर्णयले प्रदेश कमिटीको नेतृत्वका लागि सहज हुने छ ।

पार्टीले जनसंगठन र विभिन्न कमिटीहरुको प्रतिवेदनका लागि साउन २५ गतेसम्मका लागि म्याद दिएको भएपनि त्यसलाई लम्ब्याएर साउन मसान्तभित्र पेश गर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित