मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

इन्काउन्टर : आज तिनीहरू मध्ये कोही जीवित छैनन्

विनोद ढकाल २०७५ साउन २४ गते १८:१५

त्यो धेरै अघिको कुरो हो, आज तिनीहरू मध्ये कोही जीवित छैनन्
तिव्र गतिको खरायो र त्यो मान्छे, औंलाले खरायो आकार बनाउँथ्यो

उल्लिखित हरफ सन् १९८० मा नोबेल पुरस्कार विजेता कवी जेस्ल मिलोजको ‘इन्काउन्टर’ शिर्षकबाट छानेको छु । सन् १९३६ मा लेखिएको यो कविताको मर्म हुनु र नहुनुको विरोधाभाषसँग जोडिएको छ । ‘शीर्षक’ अहिलेसम्म विभिन्न हिसाबले, अनेक प्रकरणमा जोडिन्छ ।

कविताले भनेजस्तो ‘इन्काउन्टर’को मर्म जीवित नहुनुसँग हुन्छ । त्यो निर्जिव हुनुपर्छ, मर्नुपर्छ अथवा मारिनुपर्छ । अथवा त्यो नहुनका लागि इन्काउन्टर हुनुपर्छ । ‘फेक’ त त्यसअगाडी झुन्ड्याइने कारक हो । सत्यले मानिदिए मानक हो, बहुमतले नमान्दा भनक पनि होइन ।

आउनुहोस् इन्काउन्टरको चर्चा गरौं ।

त्यसअघि ‘फेक’, ‘निक’ जे लगाउन सकिन्छ लगाऔं । तर, अन्त्यमा । तर, निर्णयमा । तर, धारणा बनाएपछि लगाऔं । त्यसअघि इन्काउन्टरमाथि बहस गरौं । घटना कोट्याऔं । प्रश्न फ्याँकौं, उत्तरका झटारा हानौं । संश्लेषणका कोण खोजौं । विश्लेषणमा तर्कका शंखघोष गरौं ।

मेरा एकजना मित्र संजिव भट्टले फेसबुकमा राखेको तर्कलाई यहाँनेर जोडेर तथ्यलाई जोड्ने कोशिश गर्छु । उनले लेखेका छन्– जो मानव नै थिएनन्, जसले अमानवीय कर्म गरेका थिए, त्यसैको उपजमा मारिए तिनको कस्तो मानवअधिकार ?

विनोद ढकाल

संविधानले नमान्ला, संयुक्त राष्ट्रसंघको परिभाषाको अनुकुलता नहोला । तर, सामाजिक बनोट, घटना र परिप्रेक्षयले मित्र भट्टको तर्कलाई सर्वथा जायज भन्छ । नपत्याए स्कुलबाट अपहरणमा परि नाबाखलाई हत्या गरिएका परिवारलाई सोधौं ।

यस्ता घटनाको त्रासमा सन्तान हुर्काइरहेका अभिभावकलाई बुझौं । ति तमाम स्कुलका विद्यार्थीलाई सोधौं । के, अपहरणकारी बाँच्नु पर्ने थियो त ? निशान खड्काको निमर्म हत्या गरी खाल्डामा पुर्ने, निशासीने गरी कलिलो घाँटी थिच्ने ति हातहरूका लागि हत्कडी जायज थिए की गोली ? त्यो अपाराधिक संवेदनाहिन मुटुलाई माया दिनुपथ्र्यो कि गोली ? संसारमा सोच्ने धेरै उत्कृष्ट चिजहरू छन्, त्यसबाट छानेर अपराध सोच्ने र त्यहि गर्ने मगजमा भएको गिदी ठिक की, छिरेको गोली ? हो, इन्काउन्टर यहि हो ।

अब अर्थतिर लागौं ।

‘इन्काउन्टर’को नेपाली अर्थ हुन्छ जम्काभेट । जम्काभेट आश्चर्यजनक, अपत्यारिलो अनि कस्तो–कस्तो अदभुत हुन्छ । कहिलेकाहीँ नसोचेको पात्र, नसोचेको घटना जम्काभेटमा हुन्छ । ‘बाई चान्स’ यस्तो हुन्छ । प्रहरीले पनि यस्ता घटना बाइचान्स घटाउँछ । यसलाई फेक भन्नुस वा ठिक, यो पाठकको हातमा छाडिदिएँ ।

केही भारतीय उदाहरण परखमा राखौं । अपराधको गढ मुम्बईमा केही उल्लेख्या ‘इन्काउन्टर’ भए । प्रदिप शर्मा नामका इन्स्पेक्टरले ३ सय १२ अपराधीलाई गोली ठोकी मारिदिए । २००९ मा उनलाई अभियोग लगाइयो, २०१३ मा उनी अभियोगमुक्त भए ।

दया नायक, सहायक प्रहरी निरिक्षकले ८३? प्रभुल भोसले इन्स्पेक्टरले ७७, रवीन्द्रनाथ एन्ग्रे इन्स्पेक्टरले ५४, सचिन वाजेले ६३, विजय सलास्करले ६१ जना अपराधीलाई मारिदिए । यी मध्येका सलास्कर मुम्बईमा भएको हमलाका क्रममा सुरक्षारार्थ थिए, मारिए ।

परिवारको भावनाप्रति ‘हार्दिक समवेदना’ भन्नुपर्छ । तर, प्रश्न गर्नुपर्छ एउटा– अपराधकर्ममा लाग्ने प्रेरणा कसले दियो ?
र, सुझाव दिनुपर्छ–तपाईले दिनु भएको होइन भने त्यो सन्तान त्यसैबेला मरिसकेको थियो जतिबेला अपराध सोच्न थालेको थियो । सदगज गर्नुस्, सदाचारी बन्ने समाजका निम्ति योगदान गर्नुस् । ति बालकका परिवारलाई श्रद्धासुमन दिनुहोस्

नेपालमा इन्काउन्टरको शिलशिला यहि देखेर सुरु भएको होइन । अपराधको शिलशिला त्यहाँको जस्तो सुरु भएपछि प्रहरी इन्काउन्टरका लागि तयार हुनैपर्ने भयो । दैनिक बलात्कार, हत्या, अपहरण, फिरौतीका घटना बढ्न थाले, घट्न सकेनन् । त्यसैले इन्काउन्टर जन्मेरमात्र भएन, त्यसले तातेगर्दै, हिँड्दै दौडनुपर्ने अवस्थाका कारण महानगरी अपराध अनुसन्धान महाशाखाले घटना भएको १६ घन्टाभित्र दुई ‘व्यभिचारी अपराधी’लाई गोली ठोक्नुपर्ने भयो ।

तिनको मानव अधिकार र परिवारको भावना बुझ्न पर्दैन ? यो अहम् प्रश्न बनेको छ ।

तिनिहरू मानव थिएनन् त्यसकारण अधिकारको सवाल ‘डलरखेती गर्ने र सरकारको कामचलाऊ निकाय’लाई जिम्मा दिनुपर्छ । उनको विजनेश हो । परिवारको भावनाप्रति ‘हार्दिक समवेदना’ भन्नुपर्छ ।

तर, प्रश्न गर्नुपर्छ एउटा– अपराधकर्ममा लाग्ने प्रेरणा कसले दियो ?

र, सुझाव दिनुपर्छ–तपाईले दिनु भएको होइन भने त्यो सन्तान त्यसैबेला मरिसकेको थियो जतिबेला अपराध सोच्न थालेको थियो । सदगज गर्नुस्, सदाचारी बन्ने समाजका निम्ति योगदान गर्नुस् । ति बालकका परिवारलाई श्रद्धासुमन दिनुहोस् ।

केही इन्काउन्टरको पृष्ठभुमी केलाऔं ।

‘गुन्डा’ नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी ‘इन्काउन्टर’मा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो । पार्टीमै दुई धार देखियो । त्यति बेला एमाले उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री थिए । ‘वान्टेड’ सूचीमा परेपछि भारतमा लुकेर बसेका चरीलाई काठमाडौं ल्याउने प्रबन्धसँगै प्रहरीको इन्काउन्टर ‘योजना’ बनेको थियो ।

तत्कालीन गृहमन्त्री गौतमको ‘ग्रिन सिग्नल’ पछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट स्वीकृति लिएर पुष्कर कार्की (हाल डीआईजी) नेतृत्वको अपराध महाशाखाले उनको इन्काउन्टर गरेको थियो । २१ साउन २०७१ मा सीतापाइलाबाट धादिङ निस्कने बाटो भीमढुंगामा उनी इन्काउन्टरमा मारिए । मोरसाइकल चढेकै अवस्थामा उनले फायर खोलेपछि प्रतिरक्षामा गोली चलाइएको दाबी प्रहरीको थियो । प्रहरीबाटै पुष्टि हुने भएकाले उनी इन्काउन्टरमै मारिएको घटना संसदमा पनि पुष्टि भयो ।

३ भदौ, २०७२ मा गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ घरमै प्रहरी इन्कान्टरमा मारिए । सामाखुसीस्थित घरमा प्रहरी ‘टारगेट’ मा परेका घैंटेलाई उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत घोषित गरिएको थियो । तत्कालीन एसएसपी सर्वेन्द्र खनाल (हाल आईजी) नेतृत्वको महाशाखाले घैंटे इन्कान्टरको नेतृत्व गरेको थियो

१३ महिनाको अवधिमा दुई–दुई इन्कान्टर किन र केका लागि भन्ने प्रश्न उठे पनि चरी र घैंटे दुवैको आपराधिक आवरणले कोही बोल्न सकेनन् । किनकि, उनीहरू ठूला दुई राजनीतिक दलको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न थिए ।

दिनेश अमात्य नेतृत्वको महाशाखाले अर्का युवक ललितपुर कुसुन्तीका प्रवीण खत्रीको इन्काउन्टर गरेको थियो । लागूऔषध दुव्र्यसनी खत्रीलाई परिवारले चरणबद्ध पुनःस्थापना केन्द्रमा राखेको थियो । प्रहरीले खत्रीमाथि लागूऔषध कारोबारी भएको आरोप लागएको छ ।

तत्कालिन निर्माण व्यावसायी महासंघका अध्यक्ष शरच गौचनको हत्या, एमाले कार्यकर्ता दुर्गा तिवारीको हत्यालगायतमा संलग्न रहेका रुपन्देहीका गुन्डा नाइके मनोज पुनको पनि इन्काउन्टर भयो । उनको चन्दा र धम्की त्रासले आजित भएका व्यापारी उनको इन्काउन्टरपछि खुसी भए ।

पछिल्लो इन्काउन्टर बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने गोपाल तामाङ र अजय तामाङको भयो । भारतको तुलनामा यी इन्काउन्टर हुनैपर्नेजस्ता देखिन्छ । इन्काउन्टरमा निर्दोष मारिँदैन, दोषी नै मारिन्छ । दोषको भारी बोकेर सम्पत्ती ठड्याएर राजनीतिक दललाई चलाउन खोज्ने उपनाम जोडिएका नै मारिन्छन् । हेर्दा कोही पेन्टर देखिन सक्छन्, कोही चप्पलमा देखिन सक्छन्, कोही खाली खुट्टा हुनसक्छन् । तर, अपराध गरेकै भएर मारिन्छन् ।

सत्य र समाजको पक्षको युद्धको जीतका लागि द्रोणाचार्यको बध पनि आवश्यक हुन्छ, युधिष्ठिरको बध पनि आवश्यक हुन्छ । यसर्थ, समाजलाई अपराधशुन्य बनाउने सवालमा महानगरीय अपराध महाशाखाको इन्काउन्टरको कारण र कथा होइन, इन्काउन्टरमा मारिएकाहरुले गरेको अपराधको सजायका रूपमा बढि महत्व दिऔं

अन्त्यमा,
संसारका प्रहरीलाई दिएको हतियारका आधारमा त्यहाँबाट मानवअधिकारको रक्षा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । तर दानवअधिकारको पक्षपोषण हुन्छ भन्ने अलिक विश्वास गर्न मिल्दैन । नेपाल प्रहरीमा केही कामलाग्ने, योग्य नेतृत्वसहितको टिम छ । जसले देशले चाहेको परिवर्तन र अपराधशुन्य समाजको परिकल्पना गरेको छ । अपराधीको ‘बध’ नगरी अपराधशुन्य समाज हुँदैन ।

त्यसैले महाभारतमा धर्मयुद्ध भएको हो । सत्य र समाजको पक्षको युद्धको जीतका लागि द्रोणाचार्यको बध पनि आवश्यक हुन्छ, युधिष्ठिरको बध पनि आवश्यक हुन्छ । यसर्थ, समाजलाई अपराधशुन्य बनाउने सवालमा महानगरीय अपराध महाशाखाको इन्काउन्टरको कारण र कथा होइन, इन्काउन्टरमा मारिएकाहरुले गरेको अपराधको सजायका रूपमा बढि महत्व दिऔं ।

अधिक यातना दिएर मारिएको नाबालक निशानको ठाउँमा आफ्ना सन्तान राखेर विश्लेषण गरौं । हुनसक्छ, ति कर्मठ प्रहरी अधिकारीले निशानका ठाउँमा आफ्ना अबोध सन्तानको तस्बिर देखेका थिए र दागिदिए २२ गोली !

गोविन्द केसीको भोकमा आन्दोलनको ज्वारभाटा देख्ने समाजले बुझ्नुपर्छ निशानको हत्याको मर्म प्रतिहत्याले मात्रै पुरा हुँदैन, अब निशानहरूको हविगत नहुने नजिर पनि बस्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित