मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

राजु र मिलनले नचाए पोर्चुगलबासी नेपालीलाई

दैनिक नेपाल २०७५ साउन २२ गते १०:१६

लिस्बन । नेपालका चर्चित लोक दोहोरी गायक मिलन लामा र चर्चित पप गायक राजु लामाले आईतबार पोर्चुगलमा सांगीतिक धमाका मच्चाएका छन् ।

तामाङ समाज पोर्चुगलको आयोजनामा राजधानी लिस्बनको कायस सोड्रेस्थित टाईम आउट हलमा भएको कार्यक्रममा गायकद्वयले सांगीतिक धमाका मच्चाएका हुन् ।

दुबै गायकले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत् पोर्चुगलबासी नेपालीलाई छमछमी नचाए भने कार्यक्रम हल पूर्ण रुपमा संगीतमय बनाए ।

गायक राजु लामाले आाफ्ना चर्चित पप गीतहरु दर्शकको साथमा गाए भने गायक मिलन लामाले लोक दोहोरी गीतमार्फत् दर्शकहरुलाई नचाए । दुबै गायकले आफ्नो बेजोड सांगीतिक प्रस्तुतिमार्फत् दर्शकहरुको मन जित्न सफल भए ।

गायक मिलन लामाले माझी दाई पोखरा फेवातालको, घरमा पराल बारीमा बन्सो लगायत दर्जन बढी लोक तथा दोहोरी गीतहरूमार्फत दर्शकलाई छमछमी नचाएका थिए ।

गायक राजु लामाले पर्खाईमा भिज्यो सिरानी, हल्ला चलेछ, सायद तिम्रो बाटोमा लगायतका गीतहरु प्रस्तुत गर्दा दर्शकहरु उफ्री उफ्री नाचेका थिए ।

कार्यक्रम समाजकी अध्यक्ष सुनिता तामाङको अध्यक्षता तथा पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित