बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

चर्चित अभिनेताका छोरीको बोल्ड फोटो शुट

दैनिक नेपाल २०७५ साउन २० गते ६:४१

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानलाई करन जोहरले आफ्नो फिल्ममा लञ्च गर्दैछन् ।

सुहानाले आफ्नो पहिलो म्यागजिन डेब्यू भने गरेकी छिन् । उनले भोग म्यागजिनका लागि आफ्नो पहिलो फोटोसुट गराएकी हुन् ।

म्यागजिनको यो विशेष अंकलाई शाहरुख खानले लञ्च गरेका छन् । उनले म्यागजिनको कभरगर्ल बनेकी सुहानाको फोटो ट्वीटरमा सेयर गरेका छन् । यसको क्याप्सनमा उनले लेखे, ‘छोरीलाई पुनः अंगालोमा बोक्दै छु । धन्यवाद भोग ।’

आमा गौरीले पनि सुहानाको फोटोसुटका तस्बिर र भिडियो सेयर गरेकी छिन् । उनले छोरीको फोटोसुटको तारिफ गर्दै यसलाई उत्कृष्ट शूट भएको बताउँदै म्यागजिनलाई धन्यवाद दिइन् ।

गौरीले केही महिना अघि एक कार्यक्रममा सुहानाको फोटोसुटबारे खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘सुहाना अहिले म्यागजिनको फोटोसुटको तयारीमा व्यस्त छिन् । यसबारे योभन्दा बढि म केही भन्न सक्दिनँ ।’

सुहानालाई नाच्न असाध्यै मन पर्छ । खेलकुद पनि उनको रुचीको विषय हो । उनी विद्यालयका विभिन्न खेल कार्यक्रममा पनि समावेश हुने गर्छिन् । शाहरुख आफ्नी छोरी उत्कृष्ट डान्सर बनेर संसारभरी चर्चित होस् भन्ने चाहना राख्छन् । अहिले सुहाना लण्डनमा उच्च शिक्षाको हाँसिल गरिरहेकी छिन् ।

सुहाना बुवा शाहरुखजस्तै अभिनय क्षेत्रमा आफ्नो करियर स्थापित गर्न चाहेको बताउँछिन् । सुहाना बुवा शाहरुखको निकै छिन् । शाहरुखले एकपटक करन जोहरको कार्यक्रम ‘कफी विद करन’ मा यदि छोरीलाई कसैले ओठमा चुम्बन गरे के गर्छौ भन्ने प्रश्नमा उनले त्यो व्यक्तिको ओठ नै उखेलिदिने बताएका थिए ।

यतिमात्र होइन, करिब एक वर्षअघि शाहरुख खानले फेमिना म्यागजिनलाई दिएको अन्तर्वार्तामा छोरीलाई जसले डेट गर्छन् ती व्यक्तिका लागि केही शर्त तोकेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित