आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

हामी किन कहिल्यै पनि चिन्तामुक्त हुन सक्दैनौं ?

दैनिक नेपाल २०७५ साउन १२ गते १४:०२


काठमाडौं । जीवनमा थुप्रै समस्याहरू किन जिज्ञासाले भरिएको छ जस्तो लाग्दछ ? हामी किन जीवनको हरेक बिन्दुमा समस्याकै घेरा भित्र हुन्छौं ?

खासमा मानिसको जीवन नै त्यस्तो जीवन पद्धती हो, जहाँ अनेकौं समस्या आएका आएकै हुन्छन् र समाधान गर्ने निहुँमा नै जीवनको अन्तिम घडी आईदिन्छ ।

एउटा खुब चियो गर्ने स्वयंसेवीबारे कल्पना गर्नुहोस्, जसले कुनै आपतकालिन अवस्था देख्यो की पुलिसलाई फोन गर्नेछ । मानौं एउटा नयाँ स्वयंसेवक छ जो अपराध नियन्त्रण गर्न जोडिएको छ । स्वयंसेवकको रुपमा भरखर जोडिएको उसले कुनै पनि खतराको संकेत देख्दा वित्तिकै सूचना दिन्छ, जब उनीहरुले चोरी वा आक्रमणको संकेत पाउँछ ।

तर अब त्यो सबै साम्य छ र त्यहाँ त्यस्ता खतराको कुनैपनि संकेत छैन भने पनि त्यो त्यहि स्थानमा उत्तिकै चनाखो अवस्थामा बसिरहनुको विकल्प हुँदैन । किनकी ऊ त्यसैकामका लागि खटिएको छ । यस्तो अवस्थामा उसले मात्र पहिलेका कुरा सोंचिरहेको हुन्छ कुनै चोरीका वा आक्रमणका घटना भईरहेछन् वा यस्तै कुनै ।

उनीहरुले अपराध घट्यो भनेर कहिल्यै आनन्दले बसेका हुँदैनन्, अर्को अर्थमा भन्ने हो भने उनीहरुले अपराधलाई झन् बढवा दिई रहेका हुन्छन् ।

मानिसहरु एकै किसिमका धेरै परिस्थितिहरुबारे बारम्बार सोचिरहेका हुन्छन्, जुन मानिसको दिमागबाट कहिल्यै टाढा जाँदैनन् । उनीहरु त्यसको परिभाषा कसरी परिवर्तन गर्न सकिन्छ भनेर सोचिरहेका हुन्छन् । यसलाई कुनै–कुनै अवस्थमा अवधारणा क्रीप वा मुभिङ दी गोलपोष्ट पनि भनिन्छ ।

यो अवस्था भनेको निरासाजनक अवस्था हो । यदि तपाईं प्रगति सुधार्दै प्रगति गर्दै हुनुहुन्छ भने कसरी थाहा पाउन सक्नुहुन्छ, जब तपाइँ यसलाई समाधान गर्न यसको पुनः परिभाषित गर्नुहुन्छ भने ?

द कन्भरसेसन को एउटा अध्ययन लेखलाई साभार गर्दै बिबिसीका लेखक डेभिट लेभारीले लेखेका छन्–मानिसको एउटै विषय प्रतिको धारण बारम्बार कसरी परिवर्तन हुन्छ भन्ने विषयमा अध्ययन गर्न केहि स्वयंसेवी व्यक्तिलाई लिएर एउटा काम दिईयो । उनीहरुलाई कम्प्युटरमा विभिन्न खाले तस्विरको स्केच दिएर कुन डर लाग्दो छ छान्नुहोस् भनेर काम दिईएको थियो ।

ती स्केच अनुहार भने अध्ययनकर्ताहरुले डिजाईन गरेका थिए । ती अनुहार धेरै डरलाग्दो देखि कुनै हानी नगर्ने सम्मका रहेका थिए ।नतिजामा उनीहरुले समयको आधारमा त्यसको जवाफ दिन्थे । खासमा उनीहरुले कम समय देखिएको डरलाग्दो चित्र वा स्केच पनि कम हानीकार भएको भनेका थिए ।

यसबाट के भन्न सकियो भने मानिसलाई खतरा लाग्ने कुरा पछिल्लो समय उनीहरुले कत्तिको खतराको सामना गरेका थिए भन्नेमा आधारित रहन्छ ।

खतराबारे निर्णय गर्ने कुरामा मात्र यो निर्भर रहँदैन । अर्को अध्ययनमा उनीहरुले रंगलाई प्रयोग गरे । जहाँ निलो र बैजनी थियो । उनीहरुले हल्का निलो रंगलाई पनि बैजनी भनेर उत्तर दिए । तर जब अनुसन्धान कर्ताले लामो समय रहनेले पुरस्कार पाउने भनेर घोषणा गरे तब फेरि त्यो नतिजामा निरन्तरता रहेन ।

पुरस्कार जित्नका लागि पनि मानिसहरु एउटा लयमा रहे । उनीहरुको अनुहारलाई रंगले प्रभाव पारेन । अनुहारको खतरा र रंगको प्रयोगपछि उनीहरुले हास्य तरिकामा पनि अध्ययन गरे ।

तत्काल देखिएको कुनैपनि डरलाग्दो कुराले पछि देखिने कुरालाई पनि असर गर्ने अध्ययनको निष्कर्ष छ । यदि कुनै मानिसको अनुहारलाई मात्र पनि डरलाग्दो वा सहज रुपमा लिईन्छ भने त्यो अनुहार देखेको केहि समय सम्म पछि मस्तिष्कमा प्रभाव रहिरहन्छ ।

यसर्थ जीवनमा अनेकौं समस्याहरु आएका हुन्छन् । समस्याबाट ग्रसित मान्छे समस्याबाट मुक्त भएपछि पनि त्यसको प्रभावमा रहिरहन्छ । जीवनका दुई समस्याबीचको खाली समय पनि मानिसका लागि समस्याकै रुपममा भयाक्रान्त भईरहन्छ । यसकारण मानिसको जीवनमा उसले कुनैपनि समय समस्या बिनाको आराम रहेको महसुस गरेको हुँदैन भन्ने अध्यननको निष्कर्ष छ ।

यस्तोमा दैनिक जीवनशैली, खानपान, स्वास्थ्य अवस्था लगायत आफू वरपरको वातावरणले पनि प्रभाव पारेको हुन्छ ।–एजेन्सी

प्रतिक्रिया
सम्बन्धित