आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली छात्रालाई करणी ! अब दुर्गा प्रसाइँको मुख सिलाइदिने

दैनिक नेपाल २०७५ साउन ६ गते ८:३०

काठमाडौं, ६ साउन । एकपछि अर्को गर्दैमा विवादमा आइरहेका झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँलाई बंगलादेशमा एमबीबीएस चिकित्सा शिक्षामा अध्ययनरत छात्राले सिलाइ दिने चेतावनी दिएका छन् ।

प्रसाइँले बंगलादेशमा अध्ययन गर्दै आएका छात्रालाई त्यहाँका प्रोफेसरहरूले करणी गर्ने गरे अभिव्यक्ति सार्वजनिक भएपछि विरोध भएको हो । प्रसाइँले दिएको अभिव्यक्तिसम्बन्धी सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मेडिकल सञ्चालक प्रसाइँले भनेका छन्, ‘बंगलादेश पढ्न गएका हाम्रा चेलीबेटीहरू किन ढिला आउँछन् ? केटाहरू पाँच वर्षमा पढेर आउँछन् ।

अनि केटीहरू किन ९ वर्षसम्म पनि आउँदैनन् ? त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेका छन् । केटीहरूलाई लास्ट चान्समा आउँछ र पास भएर आउँछन् । पीडा छ नि ।’

प्रसाइँको अभिव्यक्तिको विरोधमा वीर अस्पतालमा डा.सोफिया थापाले आपत्ति जनाएकी छिन् । बंगलादेशमा पढ्ने छात्रालाई लगाएको आरोपले प्रसाइँको नियतमाथि ठूलो प्रश्न उब्जिएको बताइन् ।

बंगलादेशमा एमबीबीएसमा अध्ययनरत छात्रा जेनिया राई, लीला खत्री र श्वेता शर्माले दुर्गा प्रसाइँको अभिव्यक्तिको विरोध गर्दै भिडियो सार्वजनिक गरेका छन् । उनीहरूले प्रसाइँलाई कारबाही गर्न माग गरेका छन् । सरकारले प्रसाइँलाई कारबाही नगरे आफूहरूले मुख सिलाइदिने चेतावनी उनीहरूले दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले दुर्गा प्रसाइँलाई पक्राउ गरेर अभिव्यक्तिका बारेमा छानविन गर्न प्रहरीलाई आदेश दिने बताइन् । प्रसाइँले छात्राविरुद्ध दिएको अभिव्यक्तिले मानवअधिकार हनन् भएको बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित