मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

नेपाललाई विश्वकै पहिलो ‘क्यासलेस कन्ट्री’ बनाउने सकिन्छ : जय साह

दैनिक नेपाल २०७५ साउन ४ गते १८:२३


काठमाडौं, ४ साउन । नेपाली मुलका अमेरिकन नागरिक रिसर्चर जय साहले दृष्टिविहिन र अशिक्षितहरुको लागि एटिएमटी सविधा भएको मोबाईल फोन आविष्कार गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहले दृष्टिविहिन र अशिक्षितहरुको लागि उपयोगीपूर्ण एटिएमटी सुविधा भएको मोबाइल फोनको आविष्कार गरेको जानकारी दिएका हुन् ।

उनले भने, ‘यो नयाँ मोबाईलको सहयोगले नेपाललाई विश्वकै पहिलो क्यासलेस, भष्ट्रचारमुक्त, गरिबीमुक्त देश बनाउन सकिन्छ भनेर मैले विगत १० वर्षदेखि अ‍ेरिकामा बसेर अध्ययन गरेको हुँ ।’

उनले यो प्रविधिको सहयोगमा दाईजो प्रथाको अन्त्य गर्न सकिने, देशमा कोही भोकै बस्नु,नपर्ने र अमेरिकन फुडस्ट्याम्पको अवधारणाजस्तै यस मोबाईलमा पनि ल्याउन सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित