मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

डा. गोविन्द केसीलाई शिक्षण अस्पताल लगियो

दैनिक नेपाल २०७५ साउन ३ गते १९:३६


काठमाडौँ, ३ साउन । जुम्लामा २० दिनअघिदेखि अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।

उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । केसीलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।

केसीलाई ल्याइएको हेलिकोप्टर बिहीबार साँझ ६ः४५ बजे टुँडिखेलमा अवतरण गरेको थियो । त्यहाँबाट केसीलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगिएको हो ।

केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिनेछ । शिक्षण अस्पतालमा डा. केसीको समर्थक र सर्वसाधारणको भीड लागेपछि बाक्लो मात्रा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित