बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

दैनिक नेपाल २०७५ साउन ३ गते १८:४२


कपिलवस्तु, ३ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको एक होटलमा वालिकालाई जवरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् ।

शिवराज नगरपालिका २ हल्लानगर बस्ने दिपु परियारले १३ वर्षिय वालिकालाई विभिन्न वाहानामा भारतको पंजाव लैजान लागेको तथ्य खुलेको छ ।

कृष्णनगरमा रहेको एक होटलमा बसालेको र जवरजस्ती करणी गर्न खाजेको पिडित पक्षले जनाएको छ । गत साउन १ गते शान्ती पुनस्थापन गृह कृष्णनगर र इलाका प्रहरी कार्यलय कृष्णनगरको टोलीले युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य वोगटीले जनाएका छन् ।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको र कृष्णनगरमा राखी योनशोषण गर्न खाजेको पिडितलाई उदृत गर्दै शान्ती पुनस्थापन गृह कृष्णनगरका संयोजक भुमी भट्टराईले जानकारी दिए ।

पिडक परियारलाई मानव ओसापोसार र जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेको प्रहरी निरिक्षक वोगोटीले वताए ।

प्रतिक्रिया
सम्बन्धित