मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

के रेखा थापा ‘मेगास्टार’ हुन् ?

दैनिक नेपाल २०७५ साउन २ गते ११:५०

काठमाडौं । अभिनेत्री रेखा थापाले डेब्यु गरेको फिल्मका मुख्य अभिनेता थिए– राजेश हमाल । त्यसबेला फिल्म पण्डितहरूले हमाललाई महानायक अर्थात् मेगास्टार भन्ने गर्थे । अभिनेत्री थापा आफैं पनि हमालसँग डेव्यु गरेकोमा खुुसीमात्र थिइनन्, मेगास्टारसँग अभिनय गर्न पाउँदा पुलकित थिइन् ।

थापाले नेपाली फिल्म उद्योगमा निक्कै सक्रियता देखाइन् । उनी अहिले पनि फिल्ममा लामो समय टिक्ने करिश्मा मानन्धर पछिकी अभिनेत्री हुुन् । उनको हाइट र हाइप यति बढ्यो कि विवाद, गसिप, सम्बन्ध र विभिन्न हत्कण्डाले कहिले छाडेन । चाहे छविराज ओझासँग बिहे वा सम्बन्ध विच्छेदको सन्दर्भ होस् अथवा गाँजा खाएर पशुपतिमा शिवरात्री मनाएका कथा हुन् । एक झमट त उनी लभगुरु समेत भइन् ।

छोटा लुगा लगाउने र त्यसबाट आउने सकारात्मक र नकारात्मक टिप्पणीमा पनि रेखा सँधैभरी विरोधाभाषमा आइन्, थापा । उनै थापालाई फिल्मि संघर्षको अभियानमा कुनै खास उपमा हात लागेन । उनले फिल्मी उपमाको लोभ र लालसा राखेकी छन् । खासगरी अभिनेत्रीमा उनलाई ‘मेगास्टार’ किन भनिएन ? यहि प्रश्न उनले घुमाउरो पारामा केही साता अघि लेखकीयमार्फत सोध्ने प्रयास गरिन् ।

के रेखा थापा मेगास्टार हुन् ?

मेगास्टारका लागि फिल्मनगरीमा अतुलनीय योगदान गर्नुपर्ने व्यक्तित्व हुनुपर्छ । यस्ता उपमाको ट्रेन्डिङ बलिउडबाट नेपाली फिल्ममा भित्रिएका हुन् । यसरी बलिउड र दक्षिण भारतीय फिल्मको हकमा विश्लेषण गर्दा पनि थापालाई तत्काल मेगास्टार भन्न सकिँदैन ।

फिल्मका पण्डितहरूले पनि ‘मेगास्टार’को उपमा असामान्य अभिनेतालाई मात्र दिने गरेका छन् । बलिउडकै हकमा भन्ने हो भने अमिताभ बच्चनलाई मात्र मेगास्टार भनिन्छ । त्यस्तै दक्षिण भारतीय फिल्म उद्योगमा चिरञ्जीविजस्तै नेपालमा राजेश हमाललाई मेगास्टारको उपमा चलचित्र पण्डितले दिएका छन् । तर राज्यले कलाकारलाई यस्ता उपमा अहिलेसम्म दिने गरेको छैन । यहि मेसोमा फिल्म उद्योगमा लामो समय विताएकी अभिनेत्री थापाले ‘मेगास्टार’को उपमाको अपेक्षाका आधारमा नै एउटा आलेखमार्फत पद र प्रतिष्ठाको सम अलोचना गरिन् ।

उनले भनेकी छन्– दुई चार वटा फिल्ममा अभिनय गर्नासाथ मेगास्टार भन्नु हुँदैन । उनको यो भनाईको सिधा प्रहार भुवन केसीपुत्र अनमोल केसीका लागि हुनसक्छ । धेरै फिल्मकर्मी अनमोललाई मेगास्टारको उपमा दिन तल्लिन छन् । त्यसैले अर्को कोणबाट रेखा आफैंले केसीसँग तुलना गरिने अभिनेता प्रदिप खड्कालाई १ नम्बर अभिनेता भनेर तारिफ गर्छिन् ।

तर एउटा सार्वजनिक कार्यक्रममा उनले आफ्नै भनाईलाई थप प्रष्टीकरणका रूपमा पेस गर्ने कोशिश गरिन् । उनले भनिन्,‘इष्र्या या डाह लागेर मैले मेगास्टारको कुरा उठाएकी हैन । एकाध फिल्म हुँदैमा उसलाई दिएको पगरी धान्न कठिन हुन्छ भन्ने मेरो तर्क हो ।’

उनले आफुलाई मेगास्टार वा अन्य कुने पनि उपमा नचाहिएको पनि तर्क पेस गरिन् ।

प्रतिक्रिया
सम्बन्धित