बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

भदौमा नहुने भयो कांग्रेसको महासमिति बैठक

दैनिक नेपाल २०७५ साउन २ गते ७:५६

काठमाडौं, २ साउन । नेपाली कांग्रेसले भदौमा गर्ने भनेको महासमिति बैठक प्रभावित हुने पक्का देखिएको छ । केन्द्रीय कार्यसमितिको निर्णयअनुसार भदौमा महासमिति बैठक बोलाएर विधान संशोधन गर्ने कार्यसूची थियो ।

कांग्रेस पुरानै संरचनाअनुसार चलिरहेको छ । पुरानो विधानले विजय गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समायोजन गर्न कठिनाइ भएको छ । त्यति मात्रै होइन कांग्रेसका अन्य सांगठनिक काम गर्न समेत समस्या भएको नेताहरूको भनाइ छ ।

विधान संशोधनको लागि सुझाव दिन बनाउने भनिएको कार्यदल अहिलेसम्म बन्न सकेको छैन । कार्यदललाई काम गर्न कम्तीमा तीन महिना दिनुपर्ने हुन्छ । यदि कार्यदलले तीन महिना समय पायो भने भदौमा कुनै पनि हालतमा महासमिति बैठक हुनेछैन ।

विधान संशोधनका लागि जिल्लाबाट सुझाव आउने पर्छ । कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले यस पटक कांग्रेसको विधान संशोधन भन्दा पनि पुर्नलेखन जस्तै हुने बताए । ‘कांग्रेसको विधान पूरै संशोधन गर्नुपर्ने जस्तो देखिएको छ’, उनले भने, ‘पुर्नलेखन त नभनौँ एक हिसावले धेरै फेरबदल आवश्यक छ ।’

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको द्वन्द्वका कारण कार्यदलले पूर्णता पाउन नसकेको एक नेताले बताए ।

‘सभापतिज्यूले कार्यदलमा रहेन सदस्यको नाम माग्नुभएको छ । वरिष्ठ नेता पौडेलज्यूले सल्लाह गरेर नाम दिन्छु भन्नुभएको छ’, स्रोतले भन्यो, ‘देउवाबाट भन्दा पनि पौडेल समूहको आन्तरिक समस्याले कार्यदल बन्न सकेको छैन ।’ तर यो आरोप स्वीकार्न पौडेल समूह तयार छैन ।

पौडेल समूह सभापति देउवालाई विधानअनुसार सहयोग गरेर अगाडि बढ्न चाहन्छ । तर, कृष्णप्रसाद सिटौला समूहले असहयोग गरेका कारण समस्या उत्पन्न भएको आरोप छ । सिटौलाले महाधिवेशनसम्म आफूलाई अलग रुपमा अगाडि बढाउने योजनाका साथ देउवा र पौडेल समूहलाई असहयोग गरेको एक नेताले बताए ।

कांग्रेसले अहिलेसम्म निर्वाचनमार्फत सातै प्रदेशमा प्रदेश समिति गठन गरिसक्नुपथ्र्यो । संघीय संरचनामा गएको तीन वर्ष पुग्न एक महिना मात्रै बाँकी छ । आन्तरिक विवादले कांग्रेसले प्रदेश समितिहरू गठन नै गर्न सकेको छैन । देउवाले नेविसंघलगायतको नेतृत्व र पार्टीभित्रकै ४२ विभाग गठन गरेका छैनन् ।

आन्तरिक गुटबन्दी मौलाउनु र पार्टी सभापति देउवा स्वेच्छाचारी बन्दै जानुले कांग्रेसका संगठनात्मक क्रियाकलाप ध्वस्त बनेको नेता कार्यकर्ताको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित