शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

सम्बन्ध विच्छेदमा १४ देखि १९ वर्ष उमेर समूहका किशोरीको निवेदन बढ्दो

दैनिक नेपाल २०७५ असार २८ गते १८:५१


सल्यान, २८ असार । सल्यानमा आर्थिक बर्ष ०७४÷ ०७५ मा ७८ प्रतिशत मुद्दा फर्छ्योट भएको जिल्ला अदालत सल्यानले जनाएको छ । बितेको साउन महिना देखि असार सम्म परेका ३ सय ४५ मुद्दा मध्य २ सय ७१ मुद्दा फछर्योट भएको अदालतले जनाएको हो । ७४ वटा मुद्दा भने फर्छयोट हुन बाँकी रहेका छन् । गत सालको तुलनामा यस बर्ष कार्यलयले बढि मुद्दा फर्छ्योट गरेको जनाएको छ ।

चालु आवमा सम्वन्ध विच्छेदका १ सय १ र अंश सहित सम्वन्ध विच्छेदका ३२ गरी १ सय ३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदन बहादुर धामीले जानकारी दिए । जिल्ला न्यायाधीश धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीहरुले सवैभन्दा बढि सम्बन्ध विच्छेदको निवेदन दिने गरेका छन् ।

‘सम्बन्ध विच्छेद गर्न आउने धेरैलाई परामर्श गरेका छौ तर उनिहरु सहमतिमै सम्बन्धविचछेद गर्न आउने भएकोले हाम्रो कुरा सुन्न चहान्नन,’ जिल्ला न्यायाधीश धामीले भने । सम्ब्न्ध विच्छेद गर्न आउने ५० प्रतिशतभन्दा वढिका वालवच्चा हुने र तिनिहरुको भविष्य अन्यौलमा हुने गरेको न्यायाधीश धामीले बताए ।

गत आवमा सम्वन्ध विच्छेदका ९९ वटा मुद्दा परेकोमा यस आवमा सय १ वटा मुद्दा परेको श्रेष्तेदार गणेश कुमार गौतमले बताए । यस्तै गत आवमा अंश दावी सहित २७ वटा मुद्दा दर्ता भएकोमा यस आवमा ३२ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए । यस्तै पुरुषवादी भएको एउटा मात्र मुद्दा दर्ता भएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ ।

यस्तै सल्यानमा यस आर्थिक वर्षमा १० वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने जवरवस्ती करणी उद्योग अन्तर्गत ८ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार गौतमले बताए । यस आर्थिक वर्षमा हाडनाता करणीका २ वटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित