बिहीबार, ४ असोज २०७५
DainikNepal.com
बिहीबार, ४ असोज २०७५

नवलपरासीमा बस दुर्घटना : एकको मृत्यु, २० घाईते

दैनिक नेपाल २०७५ असार २८ गते १२:३१


-मोहन पौडेल

नवलपरासी (पश्चिम), २८ असार । नारायणघाटबाट नेपालगञ्जका लागि छुटेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको भूमहीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।

सुनवल नगरपालिका वडा नं १२ भुमहीमा बिहीबार बिहान ना ६ ख ९४३८ नम्बरको बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका वडा न १ अर्चेङ बस्ने अन्दाजी ३७ वर्षिय गणेश लम्साल रहेका छन् । उनको बस मुनि च्यापिएर घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । उनकी अन्दाजी ६ बर्षिया छोरी सुप्रिया लम्साल पनि गम्भिर घाइते भएकी छिन् ।

अन्य घाइतेहरु मध्ये १० जना गम्भिर रहेको र गम्भिर घाइतेहरुलाई भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । २ जनाको जेनस अस्पताल बुटवलमा उपचार भईरहेको छ । दुर्घटनामा बस चिप्लिएर राजमार्ग देखी २० मिटरको दुरिमा पल्टिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित