शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता

दैनिक नेपाल २०७५ असार २७ गते १८:३२

काठमाडौँ, २७ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रालिबीच युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ प्रणालिमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । सो सम्झौता बमोजिम अब पानस रेमिटमार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरुबाट नेपालमा पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्य व्यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेका ७४ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सक्ने भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका थिए । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यसै साता बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, र अछामको ढकारीमा शाखा संचालन गर्ने योजना अगाडी सारेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित