बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

एनआईसी एशिया बैंकको डोटी र डडेल्धुरामा पनि शाखा

दैनिक नेपाल २०७५ असार २६ गते १८:५२


काठमाडौँ, २६ असार । एनआईसी एशिया बैंकले थप २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले डडेल्धुराको अमरगढी र डोटीको दिपालयमा शाखा सञ्चालनमा ल्याएको हो ।

अमरगढी शाखाको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र दिपायल शाखाको दिपायल सिलगढीनगरपालिकाका मेयर मञ्जु मलासीले उदघाटन गरे ।

एनआईसी एशियाले देशभर २२५ शाखा कार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रू. १७७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित