बिहीबार, ४ असोज २०७५
DainikNepal.com
बिहीबार, ४ असोज २०७५

महोत्तरीमा मनी ट्रान्सफरका सञ्चालकबाट १७ लाख लुटियो

दैनिक नेपाल २०७५ असार २६ गते १७:४८


महोत्तरी, २६ असार । महोत्तरीको जलेश्वरमा बैंकबाट रकम झिकेर फर्किने क्रममा १७ लाख रुपैयाँ लुटिएको छ ।

अज्ञात समूहले मंगलबार दिउँसो सरपल्लो बजारका सञ्जिव शाहको साथबाट १७ लाख २५ हजार रपैयाँ रकम लुटेको हो । शाह मनी ट्रान्सफरका सञ्चालक रहेको प्रहरीले बताएको छ ।

रकम निकालेर सरपल्लोतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको स्थानीय प्रहरीले जनाएको छ । रुकम लुट्ने समूहको खोजी भइरहेको महोत्तरीका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए ।

यसअघि कैलालीमा पनि यस्तै घटना भएको थियो । बैंकबाट रकम झिकेर जाने क्रममा आइएमईका प्रतिनिधिबाट साढे ९ लाख लुटिएको थियो । लुटेराहरु झण्डै डेढ महिनापछि काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित