शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ

दैनिक नेपाल २०७५ असार २६ गते १७:४०


काठमाडौँ, २६ असार । रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ परेका छन् ।

नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विकसहित ५ जना छन् ।

उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा राखेर सोधपुछ गर्ने काम भइरहेको प्रजिअ रिजालले बताए ।

प्रतिक्रिया
सम्बन्धित