शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

स्वास्थ्य क्षेत्रमा व्याप्त अराजकता अन्त्यका उपाय

डा. प्रकाश पौडेल २०७५ असार २५ गते १६:०१


-डा. प्रकाश पौडेल

हिजोआज चिकित्सकको लापरवाही तथा अस्पतालको लापरवाहीले गर्दा विरामीको मृत्यु, अस्पताल तोडफोड, चिकित्सक एवम् स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, हातपात जस्ता समाचारहरु दिनहुँजसो पत्रपत्रिकामा आइरहेको देखिन्छ । यस्ता घटनाहरुको सत्यतथ्य सुक्ष्मरुपमा अध्ययन नै नगरी सतही रुपमा यसरी आउने समाचारले समाजमा कत्तिको नकरात्मक असर पारिरहेको छ भन्ने कुराको अन्दाज जानतामा आजकलको अस्पताल र स्वास्थ्यकर्मीप्रतिको अत्यन्त नकरात्मक मनोभावनाले नै छर्लङ्ग पार्दछ ।

स्वतन्त्र मिडियाको काम भनेको समाजमा घटिरहेको घटनामा एउटा ‘वाचडग’को भूमिका निर्वाह गर्नु र सहि कार्यलाई प्रोत्साहन गर्नु साथै गलत कार्यलाई निरुत्साहित एवम् सजाय दिलाउने वातावरणको सिर्जना गर्नु हो । तर, यसो नहुनुको मुख्य कारण स्वास्थ्य पत्रकारिता सक्षम तथा परिपक्क नहुनु हो या त नियतवश हो, विचार गर्न जरुरी छ ।

स्वतन्त्र मिडियाको काम भनेको समाजमा घटिरहेको घटनामा एउटा ‘वाचडग’को भूमिका निर्वाह गर्नु र सहि कार्यलाई प्रोत्साहन गर्नु साथै गलत कार्यलाई निरुत्साहित एवम् सजाय दिलाउने वातावरणको सिर्जना गर्नु हो । तर, यसो नहुनुको मुख्य कारण स्वास्थ्य पत्रकारिता सक्षम तथा परिपक्क नहुनु हो या त नियतवश हो, विचार गर्न जरुरी छ । स्वास्थ्य सम्बन्धी यस्ता विभिन्न घटनाहरुमा ९९ प्रतिशत केसमा अस्पताल तथा चिकित्सकको लापरवाहीले भनेर चित्रण गर्ने गरिएको छ । आफ्ना आमाबुवाको एवम् राज्यको लाखौलाख रकम खर्चेर कम्तिमा साढे आठ–नौ बर्षको कडा मिहिनेत, परिश्रम र अध्ययनपश्चात एउटा सबल नागरिक विशेषज्ञ चिकित्सकको रुपमा तयार हुन्छ । त्यसैले यति धेरै श्रम, समय र लगानी लगाएर उत्पादन गरिएको जनशक्तिलाई राज्यले एवम् यस मातहतका विभिन्न निकायले एउटा सम्पतिको रुपमा लिनुपर्दछ र संरक्षण गर्न जरुरी पनि छ ।

प्रायः धेरैजसो घटनामा विरामीका आफन्तको भीड र आक्रोशले प्रभाव पार्ने गरेको पनि पाइन्छ भने कतिपय घटनामा सत्यतथ्यलाई ढाकछोप गरी बिषयलाई बङ्गयाएर, भड्काएर अस्पताललाई क्षतिपूर्ति दिन लगाएर कमिशन खान पल्किएका बिचौलियाको हालिमुहाली रहने गरेको छ ।

हामी चिकित्सकहरु पनि सर्वसाधाण मानिस नै हो र गल्ती हुने भनेको मानिसहरुबाट नै हो । यद्यपी चिकित्सकिय पेशा अन्य पेशा भन्दा अत्यन्त संवेदनशिल छ र यसमा कहिलेकाँही सानो त्रुटी हुँदा मानिसको ज्यान जान पनि सक्छ । यस्ता त्रुटीहरुको निर्क्यौल गर्ने काम भीडले गर्ने, विरामीका आफन्तले गर्ने, नेता, पत्रकारले अथवा भाडामा बोलाइएका बिचौलियाहरुले गर्ने होइन । यस्ता क्रियाकलापहरुले केवल अराजकता, उछृंङ्खलता तथा हिंसालाई मात्र निम्त्याउँछ । अहिले नेपालको समाजमा चिकित्सकीय सेवालाई व्यापारको रुपमा मात्र हेरिन्छ, यो अत्यन्त दुःखदायक कुरा हो । यसको फलस्वरुप प्रत्येक घटनामा सत्यतथ्य पहिचान नगरिकन चिकित्सक र अस्पताललाई नै सम्पूर्ण दोष थुपार्ने गरेको पाइन्छ । यस्ता घटनाहरुमा राज्य संयन्त्रको पनि गम्भीर त्रुटी देखिन्छ । म स्वयम् आफूले पनि भोगेको र देखेको पनि छु । यस्ताखाले घटनाहरुमा प्रहरी प्रशासनद्वारा दुई समूहलाई मिल्नको लागि दवाव दिने गरिन्छ । प्रायः धेरैजसो घटनामा विरामीका आफन्तको भीड र आक्रोशले प्रभाव पार्ने गरेको पनि पाइन्छ भने कतिपय घटनामा सत्यतथ्यलाई ढाकछोप गरी बिषयलाई बङ्गयाएर, भड्काएर अस्पताललाई क्षतिपूर्ति दिन लगाएर कमिशन खान पल्किएका बिचौलियाको हालिमुहाली रहने गरेको छ । यसकारण कहि यिनै बिचौलियाबाट प्रहरी प्रशासनमा पनि दक्षिणा टक्रयाउने गरिएको त छैन भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।

अन्यथा यस्ता गम्भिर प्रकृतिका घटनाहरुको अनुसन्धान गर्ने एउटा छुट्टै निकायको खाँचो छ र खडा गर्नु जरुरी पनि देखिएको छ । नेपाल प्रहरीको मातहतमा एउटा छुट्टै सेल निर्माण गरेर सम्बन्धित क्षेत्रका विज्ञहरु, प्रहरी प्रशासन, कानुनविद्, चिकित्सक एवं फरेन्सिक विज्ञहरुको टिमबाट यस्ता घटनाहरुको छानविन गर्ने कार्यको थालनी गर्नु नितान्त आवश्यक छ । यसरी विज्ञ टिमको अनुसन्धानबाट आएको रिपोर्टको आधारमा जो दोषी छ उसलाई कानुनी रुपमा कारवाही गर्ने परिपाटीको सिर्जना गरियो भने गल्ती गर्नेले उन्मुक्ती पाउँदैन र निर्दोषले डराउनुपर्ने पनि हुादैन ।

हिजोआज कतिपय अस्पतालमा भएका यस्ता झडपका घटनाहरुमा एउटै व्यक्तिहरुको संलग्नताले पनि राज्यव्यवस्था, छानविन गर्ने निकाय कतिको गैरजिम्मेवार छ भन्ने कुराको पुष्टि हुन्छ । त्यसैले पत्रकार र प्रहरी प्रशासन यस विषयमा चनाखो हुनुपर्ने जरुरी छ ।

यसैगरी पत्रकारहरुले पनि यस्ता घटनाको दुवै पक्षबाट सुक्ष्म निगरानी र निरीक्षण नगरी हल्लाका भरमा समाचार नलेखि यथार्थ के हो बुझेर अत्यन्त संयमित भएर समाचार सम्प्रेषण गर्नु जरुरी छ । हिजोआज कतिपय अस्पतालमा भएका यस्ता झडपका घटनाहरुमा एउटै व्यक्तिहरुको संलग्नताले पनि राज्यव्यवस्था, छानविन गर्ने निकाय कतिको गैरजिम्मेवार छ भन्ने कुराको पुष्टि हुन्छ । त्यसैले पत्रकार र प्रहरी प्रशासन यस विषयमा चनाखो हुनुपर्ने जरुरी छ ।

यसै सन्दर्भमा केही समय अगाडीको चरिकोट घटनालाई पनि लिन सकिन्छ । जहाँ चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको अमानवीय दुव्र्यवहार जति हृदयविदारक र पीडादायिक छ , केही अस्पतालहरुले यसप्रकारका घटनाहरु सुल्झाउन १०–२० लाख दिने गरेको कुरा पनि उत्तिकै दुःखदायी छ । यस प्रकारको कार्यले स्वच्छ र कानुन प्रदत्त मानव समाजको परिकल्पनालाई कतै पनि सम्बोधन गर्दैन । अस्पतालहरुले कानुनी प्रक्रियालाई नपर्खि १०–२० लाख तिरेर बन्धक बनाईएका अस्पताललाई फिरौती रकम तिरेर छुटाइएको जस्तो देखिन्छ । तर, यस्ता प्रवृतिले गर्दा गल्ती गर्नेले नै प्रश्रय पाएको देखिन्छ । आर्थिक रुपमा सबल अस्पतालले त यसरी पन्छेलान् तर एउटा दूर–दराजको आर्थिक रुपमा कमजोर अस्पतालमा यस्तै घटना दोहोरिए कस्ले तिर्ने यत्रो रकम ? कि चिकित्सकले २०–३० लाख खल्तीमा राखेर मात्र सिकिस्त विरामीको उपचार गर्न शुरु गर्नुपर्ने हो ?

यहि वातावरण रहिरह्यो भने भोली चिकित्सकहरुले गम्भीर प्रकृतीका रोग भएका विरामीको उपचारमा नाक खुम्च्याउन शुरु नगर्लान भन्न सकिन्न । अहिले अत्यावश्यक साधन स्रोतको अभावमा नै व्यक्तिगत जोखिम मोलेर जुन प्रकारको स्वास्थ्य सुविधा नेपाली चिकित्सकले दिईरहनुभएको छ, त्यो अत्यन्तै स्रहानीय र सम्मानीय छ । नेपालको स्वास्थ्य खर्च नागरिक बीमाको अभाव र राष्ट्रको आर्थिक अवस्था कमजोर भएको कारणले महङ्गो देखिएता पनि यो विश्वमै सस्तो छ ।

अहिलेको अराजक वातावरणलाई छिटो भन्दा छिटो अन्त्य गरि निकास दिनुपर्ने देखिन्छ । होइन भने डाक्टरहरुमा वितृष्णा पलाएर विदेशिने सम्भावना उच्च छ । जुन राष्ट्रका लागि अत्यन्त ठूलो घाटा हुनेछ ।

त्यसैले यस मेडिकल क्षेत्रलाई सबैले मिलेर अझ उकास्नु जरुरी छ । अहिलेको अराजक वातावरणलाई छिटो भन्दा छिटो अन्त्य गरि निकास दिनुपर्ने देखिन्छ । होइन भने डाक्टरहरुमा वितृष्णा पलाएर विदेशिने सम्भावना उच्च छ । जुन राष्ट्रका लागि अत्यन्त ठूलो घाटा हुनेछ । डाक्टर पक्ष र विरामी पक्ष सयंमित भईदिँदा र विरामीको बारेमा यथार्थ र यथोचित सल्लाह हुने गरेको खण्डमा यस्ता समस्याहरु विस्तारै कम हुँदै जान्छ ।

तसर्थ, चिकित्सकले पनि प्रत्येक विरामीलाई यथेस्ट समय दिएर र विरामीका आफन्तलाई केही समय छुट्याएर अलि बढी परामर्श दिने गरेमा यस्ता घटनाहरु न्यूनीकरण गर्न सहज हुन्छ । भीडले गरेको निर्णय नै सही र अन्तिम हुने सम्भावना एकदम कम रहन्छ । त्यसैले प्रहरी प्रशासनको भूमिका भनेको भीडलाई नियन्त्रण गरेर संयमता अपनाउन जोड दिने, अस्पताल पनि सयंमित भएर प्रस्तुत हुने र पत्रकारहरुले पनि संवेदनशिल भएर यथार्थपरक समाचार सम्प्रेषण गरिदिने हो भने यस्ता घटना न्यूनीकरणमा महत्वपूर्ण राहत पुग्दछ । त्यस्तै अस्पतालहरुले स्वास्थ्य क्षेत्रमा संलग्न पत्रकारहरुलाई समय–समयमा अभिमुखिकरण तालिम दिने गरिएमा स्वतः पत्रकारहरुको यस विषयममा कार्यदक्षयता बढ्ने र सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई नै उल्लेखनीय टेवा पुर्‍याउनेछ ।

अत्यमा, स्वस्थ समाजको परिकल्पनालाई परिपूर्ति गर्न स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, लगायत प्रहरी प्रशासन, नेता, पत्रकार, बुद्घीजिवी र नागरिक समाजले हातेमालो गर्दै सहकार्य गर्नुको विकल्प छैन अब ।

प्रतिक्रिया
सम्बन्धित