आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

यी हुन उँखुको जुस पिउनुका ५ फाइदा

दैनिक नेपाल २०७५ असार २३ गते १४:१०

काठमाडौँ । गर्मी मौसममा शरीरमा पानीको मात्रा परिपूर्ति गर्न तरल पदार्थको बढि सेवन गर्नु आवश्यक छ । गर्मी समयमा अधिकांश मानिसहरु फलफूलको जुस बढि सेवन गर्ने गर्छन् । जुन अत्यन्तै राम्रो कुरा हो । गर्मी मौसममा जुसको सेवनले शितलता महसुस गराउँछ ।

त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई निकै फाइदा मिल्छ । यो एक स्वादिष्ट र मिठो पेय पदार्थ पनि हो ।

यस्ता छन् यसका फाइदाहरुः

१. उँखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ । जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

२. यसको सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।

३. यसको सेवनले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. उँखुको रसमा प्रशस्त हुने ग्लुकोजले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ ।

५. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

प्रतिक्रिया
सम्बन्धित