आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

कमजोर छैनिन् साम्राज्ञी, ‘छक्का पञ्जा ३’लाई दिइन लात

दैनिक नेपाल २०७५ असार २२ गते ६:१६

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडम बढ्दो छ । पछिल्लो समय महंगो अभिनेत्रीको सूचीमा परेकी नायिका शाहलाई धेरै निर्माता निर्देशक आफ्नो सिनेमामा लिन चाहन्छन् । कारण उनलाई सिनेमामा लिँदा आफ्नो सिनेमाले लगानी सुरक्षित गर्छ भन्ने मान्यता छ ।

नायिका शाह भने सिनेमा एकदमै छानेर मात्रै खेल्न रुचाउँछिन् । प्रायः सिनेमाको कथावस्तु र ब्राण्डसँग काम गर्ने नायिका साम्राज्ञीलाई यसवर्षको निकै नै प्रतिक्षित मानिएको सिनेमा छक्का पञ्जा ३ को अफर पुगेको थियो ।

साम्राज्ञीले ‘छक्का पञ्जा ३’ को नामै नलिई आफ्नो एउटा सिनेमाको छायांकन चलिरहँदा अर्को सिनेमाको छायांकनमा कसरी समय दिनु भनेर ‘छक्का पञ्जा ३’ नखेलेको बताएकी छिन् ।

साम्राज्ञीले दीपकराज गिरी र दीपाश्री निरौलासँगको चित्त दुखाईले गर्दा ‘छक्का पञ्जा ३’ सिनेमा नखेलेको भन्ने चर्चा सिनेवृतमा चलेको छ ।

‘छक्का पञ्जा ३’ का निर्माता दीपकराज गिरीले फेसबुकमा ‘विहे नै नगरि डिभोर्स गरेजस्तो कुरा’ भन्दै साम्राज्ञीलाई कटाक्ष सहतिको स्टाटस लेखेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो मजाक उडाएको भन्दै रुष्ट भएकी नायिका शाहले ‘छक्का पञ्जा ३’ को अफर पनि लत्याएको बताइएको छ ।

‘छक्का पञ्जा ३’ को अफर आउँदा साम्राज्ञीलाई उनकी आमाले समेत त्यो सिनेमामा काम गर्न आग्रह गरेकी थिइन् । शाहले आफ्नो निर्णय बदल्न मानिनन् ।

प्रतिक्रिया
सम्बन्धित