बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

लुटेरा समाउन बौद्धमा प्रहरीले फायर खोल्यो

दैनिक नेपाल २०७५ असार ७ गते २०:२७

काठमाडौँ, ७ असार । काठमाडौँको बौद्धस्थित जम्बु डाँडामा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

गोली लागेर खुँडे भन्ने अस्मिल तामाङ घाईते भएका छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ । उनलाई अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ ।

बिहीबार राति ८ बजे मुलपानीमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी तर्फ आक्रमण गर्न खोजेकाले उनलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड गोली दाहिने खुट्टा प्रहार गरेका जनाएको छ । घटनास्थलबाट प्रहरीले १ थान कटुवा पेस्तोल, गोली २ राउण्ड, अमेरीकन डलर १२००, डलर साट्न प्रयोग गर्ने कागजको विटा ८ थान समेत बरामद गरेको जनाएको छ । उनी विभिन्न समयमा लुटपाट तथा ठगी कार्यमा सम्लग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित