आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

डेनमार्क र अष्ट्रेलियाबीच १–१ को बराबरी

दैनिक नेपाल २०७५ असार ७ गते २०:१९

काठमाडौँ, ७ असार । रसियामा जारी विश्वकप फुटबलको बिहीबारको खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरी खेलेका छन् ।

समूह सी अन्तर्गतको बिहीबार भएको खेलमा अष्ट्रेलिया र डेनमार्कले १–१ को बराबरी खेलेका हुन् । रसियाको समारा एरिना रंगशालामा सम्पन्न खेलको ७ औँ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा अष्ट्रेलियाले ३८ औँ मिनेटमा पाएको पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । डेनमार्कका युसुफ पौलसेनले डि बक्स एरियामा हेण्ड गरेपछि एआरमार्फत अष्ट्रेलियाले पेनाल्टी पाएको थियो ।

यसअघि अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पहिलो खेलमा पेरूलाई १–० को हराएको थियो । डेनमार्कले २ खेलबाट ४ अंक बटुलेको छ भने अष्ट्रेलियाले २ खेलबाट १ अंक पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित