आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षकविरुद्ध आरोपपत्र दायर

दैनिक नेपाल २०७५ असार ७ गते १९:११

काठमाडौँ, ७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रु २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित बिहीबार विशेष अदालत काठमाडौंँमा आरोपपत्र दायर गरेको छ ।

अभियुक्त ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित