बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

मोबाईल शोरुमबाट २८ लाखको चोरी गर्ने पक्राउ

दैनिक नेपाल २०७५ असार ४ गते १७:०४


काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिका–७ चाबहिल चुच्चेपाटी भाटभटेनी स्थित गोल्छा अर्गनाईजेशनबाट संचालित हिम ईलेकट्रोनिक्स सामसुङ मोवाईल पसलबाट विभिन्न मोडलका मोवाईल ८३ थान र नगद समेत गरी करीव २८ लाख १८ हजार ९ सय २० रुपैयाँ बराबर चोरी गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज उपमहानगरपालिका–७ घर भई भारत मितहारी, रक्सौल बजार बस्ने ३६ वर्षीय जितेन्द्र रौनियार र रामेछाप खाँडदेवि गाउँपालिका–१ घर भई टोखा नगरपालिका–५ बसुन्धर बस्ने ३३ वर्षीय जयराम श्रेष्ठ रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरी लगेका विभिन्न मोडलका २८ थान मोबाईल सहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी चोरी मुद्धामा आवश्यक कानूनी कारबाहीको लागि सोमबार महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित