शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

राष्ट्रियसभा उपाध्यक्ष दाहाल र सांसद कोमल वलीको कार्यकाल चार वर्ष

दैनिक नेपाल २०७५ असार ४ गते १२:२०


काठमाडौँ, ४ असार । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने क्रममा उनको कार्यकाल चार वर्षको हुने भएको हो ।

यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ । गोला प्रथाबाट २ वर्ष, चार वर्ष वा ६ वर्ष कति पदावधि हुने भन्ने तय हुनेछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।

यस्तै, रष्ट्रियसभा सदस्य कोमल वलीको कार्यकाल पनि चार वर्ष हुने भएको छ । गोला प्रथाबाट उनको कार्यकाल टुंगो लागेको हो । प्रदेश ५ की वली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् ।

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने भएपछि नयाँ संविधान पछिको पहिलो सदन भएकाले यसका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ ।

सचिवालयले आइतबार पत्रकार सम्मेलनमार्फत गोलाप्रथाको विधिबारे जानकारी गराएको थियो । अहिले गोलाप्रथा चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित