बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

पत्नी सीताको उपचार गर्न प्रचण्ड सिङ्गापुर प्रस्थान

दैनिक नेपाल २०७५ असार ४ गते १०:१८

काठमाडौं, ४ असार । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

नेकपाका दोस्रो अध्यक्ष दाहाल पत्नी सीता र छोरी गंगा दाहालका साथ सिंगापुर आइतबार साँझ प्रस्थान गरेका हुन् ।

सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सिंगापुर प्रस्थान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सीतालाई सुगर, प्रेसर लगायतका समस्या छ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित