बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

पेट्रोलियम पदार्थको मूल्य घट्यो

दैनिक नेपाल २०७५ असार ४ गते ६:३१

फाइल तस्वीर

काठमाडौं, ४ असार । विपक्षी दल नेपाली कांग्रेस र त्यसको भातृसंस्थाहरूले विरोध गरिरहेका बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

नेपाल आयल निगले ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

शनिबार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची पठाएपछि निगमको सञ्चालक समितिले इन्धनको मूल्य घटाएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा ‘बेन्ट क्रुड आयल’को मूल्य घटिरहेको छ । कुनै समय ‘बेन्ट क्रुड आयल’को मूल्य प्रतिब्यारेल ८० डलर पुगेपनि अहिले त्यो घटेर ७३ डलर पुगेको छ ।

आईओसीले पनि सोहीअनुसार नयाँ मूल्य सूची पठाएपछि लागतका आधारमा इन्धनको मूल्य घटाइएको हो ।

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा पाइने छ भने डिजेल र मिट्टतेल प्रतिलिटर ९३ रुपैयाँमा पाइनेछ ।

यसअघि पेट्रोल लिटरको ११३ रुपैयाँ थियो भने डिजेल र मिट्टतेलको मूल्य ९५ थियो । निगमले ग्यासको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित