बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

बर्दियाली सेवा समाज यूएई गठन, अध्यक्षमा रमेश प्रसाद तिमील्सेना

दैनिक नेपाल २०७५ असार ३ गते १६:२४


यूएई, ३ असार । बठाकुरद्वारा, कर्णाली, कृष्णसार अनी ताल बढैया, सुखी, समृद्ध, रमणिय, मिलनसार हाम्रो एउटै बर्दिया’ भन्ने मुल मन्त्र सहित रोजगारीको शिलशिलामा बर्दियाबाट युएईमा भएका बर्दियालीहरुले बर्दियाली सेवा समाज, युएई गठन गरेका छन् ।

भातृत्व, आपसी सहयोग, मेलमिलाप, सामाजिक उत्तरदायित्व तथा आफ्नो जन्मभूमीको सेवामा समर्पित रहने उदेश्यका साथ नेपालीकै लगानीमा रहेको बर दुबईको सन एन्ड मून ट्राभल्समा १५ जुनमा भेला गरि समिति गठन गरिएको हो । भेलाले विगत १६ बर्षदेखि यूएईमा सपरिवार बस्दै आएका सामाजिक व्यक्तित्व बढैयाताल गाउँपालिका–३ सिमराका प्रकाश कोइरालाको संरक्षकत्वमा र रोजगारिकै शिलशिलमा यूएईमा रहेका ठाकुरबाबा–३ भुरिगाउका रमेश प्रसाद तिमील्सेनाको अध्यक्षतामा १३ सदस्यीय बर्दियाली सेवा समाज यूएई सर्वसम्मत गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दिपक शाही ठकुरी, सचिबमा प्रभुनाथ घोडासैनी, उपसचिबमा हेमराज आचार्य, कोषाध्यक्षमा सुमन ज्ञावली र सदस्यहरुमा शेर बहादुर कुँवर, सुमी पङ्गेनी, रुपा दवाडी, पूर्णराज न्यौपाने, यज्ञ बहादुर थापा, धनीराम थारु, राज कुमार योगी, माधव गिरी चयन भएका छन् । त्यसैगरी भेलाले सरस्वती न्यौपाने कोइराला, कैलाश भण्डारी, देबेन्द्र चालिसे, सुबाश शर्मा र श्री तर्क बहादुर कुँवर रहेको ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

लगभग २५०० देखी ३००० बर्दियाली श्रमिकहरु रहेको यूएईमा निर्वाचित समितीले सबै बर्दियाली श्रमिक हरुको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ र सबै बर्दियालीलाई समाजमा जोडिन आह्वान पनि गरेको छ । भविष्यमा आइपर्ने हरेक समस्याहरुको सामूहिक रुपमा समाधान गर्ने प्रतिवद्धता समाजले गरेको छ ।

बर्दियाली सेवा समाज युएई गठनपूर्व ५ मे २०१८ दिन भएको बर्दियालीबीचको भेटघाटबाट नेपाली ५० हजार रुपैयाँ संकलन गरी बर्दिया ठाकुरबाबा नगरपालिका–१ निवासी क्यान्सर पीडित एन्जिला शाहको उपचारार्थ सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित