शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

यीनै हुन् प्रधानमन्त्री ओलीसँगै चीन जान नसकेका ‘भद्र’ र ‘रुपसी’

दैनिक नेपाल २०७५ असार ३ गते १३:००

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ असारदेखि गर्ने चीन भ्रमण दलका मुख्य आकर्षक हुन् ‘भद्र’ र ‘रुपसी’ । भद्र केटो हो, रुपसी उसको जोडी ।

चिनियाँहरूका कारण यो जोडीले प्रधानमन्त्री ओलीसँगै चीन जान नपाउने भएका छन् । केही दिनपछि उनीहरूलाई चिनियाँसँग पठाइने छ ।

अघिल्लो पटकको चीन भ्रमणका क्रममा दुई जोडी गैंडा उपहार दिने घोषणा गरेका ओलीले यसपटक एक सिंगे यी दुई गैंडा लैजाने तयारी भइसकेको छ ।

वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरेको थियो । दुवै गैंडाको उमेर बढिमा २ बर्ष छ ।

नियन्त्रणमा लिइएका गैंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ ।

यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ । त्यसअघि समकक्षीलाई उक्त गैंडा दिएको घोषणा प्रधानमन्त्री ओलीले गर्नेछन् ।

संरक्षण कोषको परिसरमा दुई जोडी गैँडा छन् । अर्को एक जोडीको नामकरण गरिएको छैन । अर्को जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाइने तयारी छ ।

दुई जोडी गैँडा मानिससँग घुलमिल गर्न थालेको र दिउँसो पालैपालो खुला खोरमा राख्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित