मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

धेरै लोभ गर्दा निर्देशक डा.सुवेदीको पद चिप्लियो

दैनिक नेपाल २०७५ असार १ गते ९:०४

काठमाडौं, १ असार । तत्कालीन मुख्यसचिव डा.सोमलाल सुवेदीको एशियाली विकास बैंक (एडिबी)को वैकल्पिक निर्देशकको पद चिप्लिएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला मुख्यसचिव पदबाट राजीनामा दिएर एडिबीको वैकल्पिक निर्देशक बन्न पुगेका डा.सुवेदीलाई नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । डा.सुवेदीले आफूलाई घटुवा गरेर त्यसै बेला सहसचिवस्तरमा पुर्‍याएका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा.सुवेदीलाई फिर्ता बोलाएर त्यो पदमा अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ ।

मुख्यसचिव भएका डा.सुवेदीलाई सहसचिवस्तरको जागिर खान एडिबीमा नजान धेरैले सुझाव दिएका थिए । तर, उनले मानेनन् ।

आकर्षक सेवा सुविधा र तलवको लोभमा नेपाल सरकारको मुख्यसचिव पद त्यागेका डा.सुवेदीलाई एडिबीको वैकल्पिक निर्देशकको पद पनि लामो समय प्राप्त हुने सकेन ।

प्रतिक्रिया
सम्बन्धित