मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

प्रहरी इन्काउन्टरमा परेर बाँचेका अशोक लामासँग हाम्रो कुनै ‘साइनो’ छैन

दैनिक नेपाल २०७५ असार १ गते ८:१३

काठमाडौं, १ असार । नेपाल क्रसर व्यवसायी संघ ललितपुरले प्रहरी इन्काउन्टरमा परेका अशोक लामासँग संघको नाम जोडिएर आएको घटनाप्रति आपत्ति जनाएको छ ।

संघका कार्यबाहक अध्यक्ष सुदर्शन विष्टले विज्ञप्ति जारी गरेर लामासँग संघ र व्यवसायीहरूबीच कुनै पनि प्रकारको सम्बन्ध नरहेको बताएका हुन् ।

‘अशोक लामा भन्ने व्यक्तिको व्यक्तिगत पहिचान, सम्पर्क वा अन्य कुनै पनि आर्थिक कारोबार यस क्रसर व्यवसायी संघ र यस संघसँग आवद्ध कुनै पनि व्यवसायीहरूलाई निज अशोक लामा भन्ने व्यक्तिले कुनै डर, धम्की दिइ रकम असुल्ने कार्य गरेको हालसम्म जानकारी नरहेको जनकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित